नेपालगञ्ज विमानस्थलबाट ब्राउनसुगर बरामद | Khabarhub Khabarhub

नेपालगञ्ज विमानस्थलबाट ब्राउनसुगर बरामद


१ बैशाख २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


267
Shares
  • change font
  • change font
  • change font

बाँके – बाँकेको नेपालगञ्ज विमानस्थलबाट ब्राउनसुगर बरामद गरिएको छ । आज बिहान ९ बजे विमानस्थल सुरक्षा गार्डको प्रहरी टोलीले जाँचका क्रममा एक युवकको साथबाट ब्राउनसुगर बरामद गरेको जनाएको छ ।

प्रहरीका अनुसार कैलालीको घोडाघोडी नगरपालिका–२ बस्ने २२ वर्षीय अमुल क्षत्रीको साथबाट ब्राउनसुगर जस्तो देखिने पदार्थ फेला परेको थियो । श्री एरलायन्सबाट काठमाडौँतर्फ जान लागेका क्षेत्रीको साथबाट ४५ ग्रामको ब्राउनसुगर फेला पारेको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक रामबहादुर घर्ती मगरका अनुसार क्षेत्रीलाई थप अनुसन्धानका लागि थुनामा राखिएको छ ।

प्रकाशित मिति : १ बैशाख २०८०, शुक्रबार  १० : ५१ बजे

राजसंस्था पुनर्स्थापनाको माग गर्दै राजावादीको मोटरसाइकल र्‍याली (तस्बिरहरू)

काठमाडौं– संवैधानिक राजसंस्था र सनातन हिन्दु अधिराज्यसहित बहुदलीय प्रजातन्त्र पुनर्स्थापनाको

यातायात व्यवस्था कार्यालयद्वारा ६० करोड राजस्व सङ्कलन

कैलाली– यातायात व्यवस्था कार्यालय, कैलालीले चालु आर्थिक वर्ष २०८१/८२ को हालसम्ममा

माओवादी केन्द्रकी सांसद रेखा शर्माले भनिन्– सरकारले २०४७ सालयताका नेताहरूको सम्पत्ति छानबिन गरोस्

काठमाडौं– नेकपा माओवादी केन्द्रकी नेता तथा सांसद रेखा शर्माले २०४७

आरआर क्याम्पसमा तोडफोड गरेको आरोपमा नेविसंघका १८ जनाविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौं– नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) का

उपप्रधानमन्त्री सिंहले मागे मन्त्रालय मातहतका विभाग प्रमुखसँग लिखित कार्ययोजना

काठमाडौं– उपप्रधानमन्त्री एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहले मन्त्रालय मातहतका विभाग