आईपीएलको प्लेअफबाट बाहिरियो दिल्ली « Khabarhub

आईपीएलको प्लेअफबाट बाहिरियो दिल्ली


३१ बैशाख २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


399
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – दिल्ली क्यापिटल्स इण्डियन प्रिमियर लिग (आईपीएल) को प्लेअफ दौडबाट बाहिरिएको छ।

शनिबार राति पञ्जाबसँग ३१ रनले हार बेहोरेपछि दिल्ली यस सिजनमा प्लेअफको दौडबाट बाहिरिने पहिलो टिम बनेको हो।

पञ्जाबले दिएको १६८ रनको लक्ष्य पछाएको दिल्लीले २० ओभरमा ८ विकेट गुमाएर १३६ रन मात्र बनाएको थियो।

दिल्लीको घरेलु मैदान अरुण जेट्ली स्टेडियममा टस जितेर पहिला ब्याटिङ्ग गरेको पञ्जाबले २० ओभरमा ७ विकेट गुमाउदै १६७ रन बनाएको थियो।

यस सिजनमा दिल्लीको यो आठौँ हार हो। दिल्लीको १२ खेलबाट ८ अंक छ र अन्तिम स्थानमा छ । दिल्लीले बाँकी दुई खेल जिते पनि हाल शीर्ष चारमा रहेको टिमलाई भेट्ने छैन । जसका कारण दिल्लीको शीर्ष चारमा पर्ने सम्भावना सकिएको हो ।

प्रभशिमरन सिंहको शतक र हरप्रित ब्रारको ४ विकेट प्रदर्शनमा पञ्जाबले सिजनको छैटौं जित निकाल्दै प्लेअफ पुग्ने सम्भावना कायम राखेको छ । १२ खेलबाट १२ अंक जोडेको पञ्जाब छैटौं स्थानमा छ । पञ्जाबले बाँकी दुई खेल जितेमा प्लेअफमा पुग्नेछ।

प्रकाशित मिति : ३१ बैशाख २०८०, आइतबार  ७ : १० बजे

नवरात्रको तेस्रो दिन : आज चन्द्रघण्टा देवीको पूजा आराधना गरिँदै

काठमाडौँ– बडादसैँ अन्तर्गत नवरात्रको तेस्रो दिन आज दसैँघर तथा पूजा

मंगलबारका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

मंगलबार भगवान गणेशको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २७ गते मंगलबार सन् २०२६

आज २०८३ साल असोज  २७ गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २७ गते मंगलबार सन् २०२६

लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित १६ जनालाई