साउथह्याम्टन ११ वर्ष पछि रेलिगेसनमा « Khabarhub

साउथह्याम्टन ११ वर्ष पछि रेलिगेसनमा


३१ बैशाख २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- साउथह्याम्टन इंग्लिस प्रिमियर लिगको रेलिगेसनमा परेको छ ।

घरेलु मैदानमै फुलहमसँग २–० ले पराजित भएपछि साउथह्याम्टन ११ वर्षपछि दुई खेल बाँकी हुँदै रेलिगेसनमा परेको हो ।

शनिबार राति सेन्ट मेरिज स्टेडियम साउथह्याम्टनमा भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा रोकिन पुगेको थियो ।

दोस्रो हाफको सुरुवाती अर्थात ४८औं मिनेटमा भिनिसियसले गोल गरे पछि फुलहमले १–० को अग्रता लिन सफल भयो र ७२औं मिनेटमा एलेक्सान्डर मित्रोभिचले ले ह्यारी विल्सनको पासमा गरेको दोस्रो गोल नै निर्णायक हुन पुग्यो । अन्ततः फुलहम २-० ले विजेता बन्यो ।

यो जितसँगै फुलहम ३६ खेलबाट ५१ अंक जोडेर नवौं स्थानमा छ भने पराजित साउथह्याम्टन ३६ खेलबाट २४ अंक जोडेर पुछारमा रहेको छ ।

प्रकाशित मिति : ३१ बैशाख २०८०, आइतबार  ८ : २५ बजे

मौसम खुलेपछि अन्नपूर्ण आधार शिविरमा पर्यटक भरिभराउ

कास्की– विश्वप्रसिद्ध अन्नपूर्ण आधार शिविर (एबीसी) पदयात्रामा जाने पर्यटकको सङ्ख्या

गगनले अघि सारे ‘राष्ट्रिय पुनर्जागरण र समुन्नतिको आगामी दशक’को दृष्टिकोण

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देश, लोकतन्त्र र कांग्रेसको

विश्व अण्डा दिवसमा नेपालमा सप्ताहव्यापी कार्यक्रम

चितवन– अण्डाको पोषण तथा स्वास्थ्यसम्बन्धी महत्वबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले

यूईएफए नेसन्स लिग : नर्वेमाथि पोचुगलको जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा पोर्चुगलले नर्वेलाई हराएको छ । गएराति

सलमानजस्तै देखिने सुफयान को हुन् ? बलिउडमा बढ्यो चर्चा

बलिउडमा कलाकारका सन्तान चर्चामा आउनु सामान्यजस्तै हो। कसैले अभिनयमा डेब्यु