साउथह्याम्टन ११ वर्ष पछि रेलिगेसनमा « Khabarhub

साउथह्याम्टन ११ वर्ष पछि रेलिगेसनमा


३१ बैशाख २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- साउथह्याम्टन इंग्लिस प्रिमियर लिगको रेलिगेसनमा परेको छ ।

घरेलु मैदानमै फुलहमसँग २–० ले पराजित भएपछि साउथह्याम्टन ११ वर्षपछि दुई खेल बाँकी हुँदै रेलिगेसनमा परेको हो ।

शनिबार राति सेन्ट मेरिज स्टेडियम साउथह्याम्टनमा भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा रोकिन पुगेको थियो ।

दोस्रो हाफको सुरुवाती अर्थात ४८औं मिनेटमा भिनिसियसले गोल गरे पछि फुलहमले १–० को अग्रता लिन सफल भयो र ७२औं मिनेटमा एलेक्सान्डर मित्रोभिचले ले ह्यारी विल्सनको पासमा गरेको दोस्रो गोल नै निर्णायक हुन पुग्यो । अन्ततः फुलहम २-० ले विजेता बन्यो ।

यो जितसँगै फुलहम ३६ खेलबाट ५१ अंक जोडेर नवौं स्थानमा छ भने पराजित साउथह्याम्टन ३६ खेलबाट २४ अंक जोडेर पुछारमा रहेको छ ।

प्रकाशित मिति : ३१ बैशाख २०८०, आइतबार  ८ : २५ बजे

लहानमा २६ प्रतिशत घरधुरीमा सुरक्षित खानेपानीको पहुँच विस्तार

सिरहा – यहाँको लहान नगरपालिका क्षेत्रमा सुरक्षित खानेपानीको पहुँच विस्तार

क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक भएकाले सम्झौता योग्य नहुने इरानको जवाफ

तेहरान – इरानले सोमबार आफ्नो क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक प्रकृतिको भएको

जापानिज इन्सेफ्लाइटिस्बाट यस वर्ष ३५ जनाको मृत्यु

काठमाडौं– जापानिज इन्सेफ्लाइटिस्को सङ्क्रमणबाट यस वर्ष ३५ जनाको मृत्यु भएको

अन्तरविद्यालय डिआइजिपी रनिङ फुटबलको तयारी पूरा

धरान– नेपाल प्रहरी विद्यालय धरानको आयोजनामा सञ्चालन हुन लागेको कोशी