बहराइनबाट पुनः श्रम स्वीकृति जेठ १ गतेदेखि « Khabarhub

बहराइनबाट पुनः श्रम स्वीकृति जेठ १ गतेदेखि



दोहा – बहराइनबाटै पुनः श्रम स्वीकृति दिन सुरु गरिने भएको छ। मनामास्थित नेपाली दूतावासले एक विज्ञप्ति निकाल्दै श्रम स्वीकृतिको अवधि सकिएका र पुनः श्रम स्वीकृति लिनु पर्ने व्यक्तिहरूलाई अनलाइनमार्फत आवेदन दिन सूचित गरेको छ ।

दूतावासका अनुसार गन्तव्य मुलुकमा रहेको नेपालीलाई कूटनीतिक नियोगबाटै पुनः श्रम स्वीकृति प्रदान गर्ने नेपाल सरकारको निर्णय बमोजिम बहराइनमा सोमबार अर्थात् जेठ १ गतेदेखि पुनः श्रम स्वीकृति प्रदान गर्न थालिनेछ ।

पुनः श्रम स्वीकृतिका लागि प्राप्त हुने आवेदनको सङ्ख्या अनुसार थपघट हुने गरी हाललाई दैनिक १० वटा टोकन उपलब्ध हुने दूतावासले जनाएको छ ।

पुनः श्रम स्वीकृतिका लागि के गर्नुपर्छ ?

१. पुनः श्रम स्वीकृतिका लागि आवेदन गर्न सुरुमा अनलाइन फाराम भर्नुपर्छ। सबै प्रक्रिया अनलाइनबाटै गर्न सकिन्छ दूतावासमा उपस्थित हुनु पर्दैन। अनलाइन फाराम भर्दा सम्भव भएसम्म सम्बन्धित व्यक्ति आफैँले भर्नुपर्छ र आफ्नो इमेल र मोबाइल नम्बर उल्लेख गर्नुपर्छ। आफैँले भर्न सम्भव नभएमा सो कार्यको लागि अन्य सहयोगी व्यक्ति, संस्था वा आफ्नो स्थानीय तह (गाउँपालिका वा नगरपालिका) मार्फत पनि भर्न सकिन्छ ।

२. अनलाइनबाट पुनः श्रम स्वीकृतिका लागि फाराम भर्न यहाँ क्लिक गर्नुहोस्।

३. अनलाइन आवेदन गर्दा निम्न डकुमेन्ट तयारी अवस्थामा राख्नुपर्छ र स्क्यान कपि प्रविष्टि (अपलोड) गर्नुपर्दछ ।

• पासपोर्ट साइजको फोटो
• पासपोर्ट
• भिजा अनुमति
• करार सम्झौता
• पुरानो श्रम स्वीकृति
• सीपीआर

४. तोकिएको स्थानमा जुन कागजात भनिएको छ सोही कागजात तोकिएको फर्म्याट (जेपीईजी, पीएनजी वा पीडीएफ)मा तोकिएको आकार (पाँच एमबीभन्दा कम साइज) मा प्रविष्टि गर्नुपर्दछ।

५. पुनः श्रम स्वीकृतिका लागि आवेदन गर्दा देहायको प्रक्रिया अपनाई अनलाइन आवेदन दिनुहुन सम्बन्धित सबैमा अनुरोध छ।

• पुनः श्रम स्वीकृति लिनका लागि वैदेशिक रोजगार विभागको वेभसाइटमा गई वैदेशिक रोजगारीमा गएका वा जान चाहने व्यक्तिका लागि मात्र भन्ने लग इनमा क्लिक गर्नुहोस्।

• तत्पश्चात् आफ्नो पासपोर्ट नम्बर र पासवर्ड प्रयोग गरी वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणालीमा प्रवेश गर्न सकिनेछ र श्रम स्वीकृतिका लागि आवेदनमा क्लिक गरी प्रक्रिया अगाडि बढाई आवेदन दिन सक्नुहुनेछ।

• यसरी आवेदन दिँदा नयाँ पासपोर्ट लिनुभएको भए सोही पासपोर्टको आधारमा प्रक्रिया अगाडि बढाउनुहोला। पासवर्ड बिर्सनु भएको अवस्थामा राजदूतावासको [email protected] वा [email protected] मा इमेल गरी आफ्नो पासपोर्ट नम्बरसहित पासवर्ड रिसेटका लागि अनुरोध गर्न सक्नुहुनेछ। पासवर्ड रिसेट भएको जानकारी आफ्नो इमेलमा प्राप्त हुनेछ।

• वैदेशिक रोजगार व्यवस्थापन सूचना प्रणालीमा सम्पूर्ण विवरण अपडेट गरी माग भए बमोजिमको कागजपत्र प्रविष्टि गर्नुपर्नेछ। अन्तिममा श्रम स्वीकृतिका लागि आवेदन गर्ने स्थानमा ‘मनामा बहराइन’ छनौट गरी आवेदन दिनुपर्नेछ।

• श्रम स्वीकृतिका लागि तिर्नुपर्ने कल्याणकारी कोष, बिमा र सामाजिक सुरक्षा कोषको रकम सोझै सम्बन्धित व्यक्तिले विद्युतीय भुक्तानी प्रणाली (जस्तै: कनेक्ट आईपीएस, इसेवा र खल्ती) मार्फत तिर्नुपर्नेछ।

• पुरानो श्रम स्वीकृति लिँदा आँखा वा औँठाछाप दर्ता गर्नुभएको छैन भने अनलाइनबाट पुनः श्रम स्वीकृति लिन मिल्दैन। यसको लागि वैदेशिक रोजगार कार्यालयमा आँखा वा औँठाछाप दर्ता भएको हुनुपर्छ।

प्रकाशित मिति : ३१ बैशाख २०८०, आइतबार  ९ : १० बजे

अपी हिमाल : जहाँ प्रकृति बोल्छ

बझाङ– चारैतिर चाँदीझैँ टल्किएका हिमाल, बीचमा फैलिएको विशाल पाटन ।

मोदीसँग वार्तादेखि राष्ट्रपतिसँग शिष्टाचार भेटसम्म, यस्तो छ बालेनको आजको कार्यतालिका

काठमाडौं–  भारतको दुईदिने राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)

अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटक आगमनमा वृद्धि

गण्डकी– गत साउनदेखि कात्तिकसम्ममा अन्नपूर्ण संरक्षण क्षेत्रमा एक लाख २३

जेरुसेलममा सैन्य भर्तीको विरोधमा प्रदर्शन, सुरक्षाकर्मीसँग झडप

जेरुसेलम– इजरायलको जेरुसेलममा अनिवार्य सैन्य सेवामा सहभागी नभएका धार्मिक विद्यालयका

पञ्चकोटमा ठडिँदै १०८ फिट अग्लो विश्वशान्ति कलश

बागलुङ– धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा विकास भइरहेको बागलुङको पञ्चकोटमा १०८