जंगली हात्ती रोक्न संयुक्त गस्ती थालियो « Khabarhub

जंगली हात्ती रोक्न संयुक्त गस्ती थालियो


३१ बैशाख २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

झापा– भारतबाट दिनहुँ आउने जंगली हात्तीको हुल रोक्न झापामा गस्ती गर्न थालिएको छ । हुलमा आउने जंगली हात्ती रोक्न मेचीनगर नगरपालिका-४ बाहुनडाँगीमा संयुक्त गस्ती गर्ने गरिएको छ । 

डिभिजन वन कार्यालयका कर्मचारी, सशस्त्र प्रहरी र स्थानीयवासीले हात्तीलाई गाउँ पस्न नदिन संयुक्त गस्ती सुरु गरेका वडा नं ४ का अध्यक्ष अर्जुन कार्कीले जानकारी दिए। उनले दैनिक भारततर्फबाट बाहुनडाँगीको विभिन्न गौँडा प्रयोग गरेर नेपाल प्रवेश गर्ने हात्तीले पाकेको मकै, सुपारी र बाँस क्षति पुर्‍याउन थालेका छन् । 

बाहुनडाँगीमा विद्युतीय घेरबार समेत तोडेर हात्ती गाउँ पस्ने गरेका छन् । ‘घेरबार मर्मत गरिरहेका छौँ’, उनले भने, ‘तर हात्तीले भत्काएर बस्ती पस्ने गरेका छन् । रोक्नका लागि गस्ती गरिरहेका छौंँ ।’

विद्युतीय घेरबार भएको सबै क्षेत्रमा बाटो नहुँदा गस्ती गर्न समस्या भएको कार्कीले बताए। प्रकृति संरक्षण कोषले बाहुनडाँगीमा हात्ती द्वन्द्व व्यवस्थापन गर्ने उद्देश्यले २०७२ सालमा तिरिङदेखि नकलबन्दासम्मको १८ किलोमिटर क्षेत्रमा विद्युतीय तारबार निर्माण गरेको छ ।

हाल सोही तारबार मेचीनगर नगरपालिकाको १८ लाख र डिभिजन वन कार्यालयको पाँच लाखको लागतमा मर्मत भइरहेको छ । डिभिजन वन कार्यालयका प्रमुख मेघराज राईले दैनिक साँझपरेपछि साइरनसहितको गाडी बाहुनडाँगी क्षेत्रमा हात्ती धपाउन पठाउने गरेको बताए । 

‘जिल्लाका अन्य क्षेत्रमा भन्दा बाहुनडाँगीमा हात्तीले दुःख दिने गरेका छन्’, उनले भने, ‘स्थानीयवासी र प्रहरीसँगको साझेदारीमा गस्ती गरिरहेका छौँ ।’ गस्ती टोलीले भारतबाट आउने हात्तीलाई उतै फर्काउने गरेको राईले बताए । 

प्रकाशित मिति : ३१ बैशाख २०८०, आइतबार  ५ : ०७ बजे

कांग्रेसका उम्मेदवारको प्रचार डिजिटल माध्यमबाट मात्रै

काठमाडौँ । नेपाली कांग्रेसको पन्धौँ महाधिवेशनमा उम्मेदवारहरूले डिजिटल माध्यमबाट मात्रै

उड्डयन सेवालाई सुरक्षित, स्तरीय, भरपर्दो र सर्वसुलभ बनाउन दुई विधेयक संसदमा दर्ता

काठमाडौँ । नागरिक उड्डयन प्राधिकरणलाई टुक्राउने दुई विधेयक प्रतिनिधिसभामा दर्ता

प्रधानमन्त्री शाहले डेढ महिनामा गरेका काम सार्वजनिक

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहको मातहतमा पछिल्लो डेढ महिनामा भएका

भ्रष्टाचार मुद्दामा विकल पौडललाई २ वर्ष कैद, ८३ करोड बढी बिगो

काठमाडौँ । सुरक्षण मुद्रण केन्द्रका पूर्वकार्यकारी निर्देशक विकल पौडेल भ्रष्टाचार

सरकारद्वारा प्रतिनिधिसभामा एकै दिन ५ वटा विधेयक दर्ता

काठमाडौं- सरकारले प्रतिनिधिसभामा नागरिक उड्डयन, सुशासन, पूर्वाधार र सडक सुरक्षासँग