न्यायिक समितिलाई मन्त्री गुरुङको निर्देशन- जनताले दुःख नपाउने गरी काम गर्नु | Khabarhub Khabarhub

न्यायिक समितिलाई मन्त्री गुरुङको निर्देशन- जनताले दुःख नपाउने गरी काम गर्नु


३१ बैशाख २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

चितवन– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले न्यायिक समितिलाई जनताले दुःख नपाउने गरी काम गर्न निर्देशन दिएका छन्। 

भरतपुर महानगरपालिकाद्वारा आज यहाँ आयोजित न्यायिक समितिद्वारा हुने कार्यसम्पादनसम्बन्धी अन्तरक्रियामा उनले जनताको हित सोचेर काम गर्न आग्रह गरे । उनले भने, ‘जनताको बीचमा रहेर काम गर्दा आउने समस्या समाधानमा कानुन मन्त्रालयले काम गरिरहेको छ तर न्यायका नाममा अपराधी छुट्ने काम कहीँ कतैबाट नहोस् ।’

कही कतै मेलमिलापको नाममा जघन्य अपराध गर्नेहरुसमेत छुटेको भन्ने सुनिएको भन्दै उनले कानुनको आँखाबाट अपराधी छुट्न नहुने बताए ।महानगरपालिकाको न्यायिक समितिले गरेका काम सराहनीय भए पनि कार्यान्वयनमा लैजानुपर्ने सुझाव दिए ।

कार्यक्रममा भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले न्यायका क्षेत्रमा महानगरले गरेको कामका प्रशंसायोग्य रहेको बताए । न्याय दिन गठित न्यायिक समितिले जनताको पक्षमा काम गर्न सक्नुपर्ने उनको भनाइ थियो । 

सो अवसरमा चितवन जिल्ला अदालतका न्यायाधीश रितेन्द्र थापा, जिल्ला बार एशोसियसन चितवन अदालतका अध्यक्ष खगराज कँडेल, भरतपुर महानगरपालिका-२३ का वडा अध्यक्ष दीपक दवाडी, महानगरका पर्यटन विज्ञ डा विश्वराज सुवेदी लगायतले बोलेका थिए ।

महानगरपालिका उपप्रमुख एवं न्यायिक समितिका संयोजक चित्रसेन अधिकारीले चालु आर्थिक वर्षमा भरतपुर महानगरपालिकाको न्यायिक समितिमा ठाडो निवेदन ४१ वटा उजुरी दर्ता भएको जानकारी दिए । जसमध्ये १३ वटा उजुरी मेलमिलाप भएको र अन्य मेलमिलापका लागि छलफलमा रहेको बताए । 

यस्तै फिरादपत्र प्रक्रियाबाट १३ वटा निवेदन दर्ता भएका थिए । जसमध्ये ६ वटाको निर्णय भइसकेको र अन्य छलफलमा रहेको उनले बताए ।

प्रकाशित मिति : ३१ बैशाख २०८०, आइतबार  ५ : १९ बजे

डिजेल र मट्टीतेलको मूल्य घट्यो

काठमाडौं – नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य घटाएको

यी हिरोइनसँग जोडिएको थियो गोबिन्दाको नाम

काठमाडौं – बलिउड नायक गोबिन्दा पछिल्लो समय वैवाहिक सम्बन्धलाई लिएर

‘पूर्ण बहादुरको सारङ्गी’का निर्देशक पौडेलको नयाँ फिल्म ‘कोशेढुंगा’को छायांकन सुरु

काठमाडौं – नेपाली फिल्म इतिहासकै सबैभन्दा बढी कमाइ गर्ने ‘पूर्णबहादुरको

प्रधानमन्त्रीलाई बालेनले भने : मलाई हराउने ताकमा देश नडुबाउनु होला

काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह ‘बालेन’ले प्रधानमन्त्री केपी