परराष्ट्रमन्त्री साउद र बंगलादेशका प्रधानमन्त्री हसिनाबीच भेटवार्ता « Khabarhub

परराष्ट्रमन्त्री साउद र बंगलादेशका प्रधानमन्त्री हसिनाबीच भेटवार्ता


३१ बैशाख २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– परराष्ट्रमन्त्री एनपी साउद र बंगलादेशका प्रधानमन्त्री शेख हसिनाबीच भेटवार्ता भएको छ । बंगलादेशको राजधानी ढाकामा उनीहरूबीच आइतबार भेटवार्ता भएको हो । 

भेटमा दुई पक्षीय हितका बारेमा छलफल भएको परराष्ट्रमन्त्री साउदको सचिवालयले जनाएको छ । छलफलको क्रममा नेपाल र बंगलादेशबीचको सम्बन्धलाई सुदृढ बनाउने, सीमापार, कनेक्टिभिटी, व्यापार, पारवहन, ऊर्जा, शिक्षालगायत अन्य सम्बन्धित क्षेत्रमा विशेष जोड दिइएको बताइएको छ।

उनी ढाकामा आयोजित छैटौँ इन्डियन ओसन कन्फ्रेन्स-२०२३ मा भाग लिन शुक्रबार ढाका गएका थिए। ढाकामा रहँदा उनले शुक्रबार नै भारतीय समकक्षी एस। जयशंकरसँग भेटवार्ता गरेका थिए । जयशंकरसँगको भेटघाटमा समग्र दुईपक्षीय सम्बन्ध, सम्पर्क सञ्जाल, सडक सञ्जाल र जनस्तरको सम्बन्धबारे छलफल भएको साउदले बताएका थिए । 

हिन्द महासागर क्षेत्रको मजबुत भविष्यका लागि शान्ति, समृद्धि र सहकार्य गर्न मूल कार्यपत्रमा छलफल गर्न ढाकामा सम्मेलन आयोजना गरिएको थियो । भारतीय विदेश मन्त्रालय, इन्डिया फाउन्डेसन र बंगलादेशको विदेश मन्त्रालयको संयुक्त आयोजनामा सम्मेलन आयोजना भएको थियो ।

परराष्ट्रमन्त्री साउद आइतबार बेलुकी स्वदेश फर्किदै छन् । बेलायती राजा चाल्स् तृतीयको राज्याभिषेकमा सहभागी भएर स्वदेश फर्किएको दुई दिनपछि उनी बंगलादेश गएका थिए ।

प्रकाशित मिति : ३१ बैशाख २०८०, आइतबार  ५ : ५८ बजे

डेढ दशकपछि बन्दै काभ्रे प्रशासनको भवन

बनेपा– जिल्ला सदरमुकाम धुलिखेल नगरपालिका–७ स्थित सरस्वती बजार नजिक निर्माण

श्रीनगर विमानस्थलमा इन्डिगोको जहाज पार्किङका क्रममा खम्बामा ठोक्कियो

नयाँदिल्ली- श्रीनगर विमानस्थलमा इन्डिगो एयरलाइन्सको विमान पार्किङ गर्ने क्रममा खम्बामा

भारतलाई तेल आपूर्ति जारी राख्छौँ : रुसी राजदूत

नयाँदिल्ली– भारतको ऊर्जा आवश्यकता पूरा गर्न रुस प्रतिबद्ध रहेको भारतका

त्रिशूली–३ ‘ए’ सुरुङबाट उद्धार गरिएका दुईमध्ये एकको अवस्था जटिल

काठमाडौं- रसुवाको भोटेकोशी नदीमा गत भदौ १० गते आएको भीषण

सुदूरपश्चिममा आज गौरा पर्वको ‘अठ्यावाली’

कञ्चनपुर– सुदूरपश्चिममा आज गौरा पर्वको मुख्य दिन ‘अठ्यावाली’ हर्षोल्लासका साथ