हतियारसहित भारतीय युवक पक्राउ « Khabarhub

हतियारसहित भारतीय युवक पक्राउ


३१ बैशाख २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – महोत्तरी प्रहरीले आज जिल्लाको एकडारा गाउँपालिका–४ हलखोरी चोकबाट हतियारसहित एक भारतीय युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारत बिहारको बाजोपट्टी ग्राम पञ्चायत वडा नम्बर–६ बस्ने रामवृक्ष यादवका छोरा २६ वर्षीय पप्पु यादव रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले बताए ।

भारतको सुरसण्ड शहरबाट हतियार बोकेर आउँदै गरेको युवक पप्पुलाई हलखोरी चोकमा खटिएका प्रहरीलाई शङ्का लागि जाँच गर्दा उनको साथबाट होममेड इण्डियन लेखिएको एक थान पेस्तोलले र सोही पेस्तोलमा लाग्ने पाँच राउण्ड गोलीसहित पक्राउ गरिएको हो ।

हतियारसहित पक्राउ परेका युवक पप्पुलाई आवश्यक अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय महोत्तरीमा ल्याएर आवश्यक कारबाही अगाडि बढाइएको छ ।

प्रकाशित मिति : ३१ बैशाख २०८०, आइतबार  ८ : ११ बजे

रूसले भन्यो : आणविक हतियारले मात्र विश्वलाई जोगाउन सक्छ

एजेन्सी– रूसले आणविक हतियारलाई विश्वलाई सम्भावित विश्वयुद्धबाट जोगाउने ‘एकमात्र’ माध्यमका

इरानी आणविक केन्द्रमा फेरि आईएईए निरीक्षण हुने संकेत

टोकियो– संयुक्त राष्ट्रसङ्घअन्तर्गतको अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आईएईए) का महानिर्देशक

ताकम र शिवाङमा सडक कालोपत्र

म्याग्दी– म्याग्दीको धौलागिरि गाउँपालिका–७ ताकम र शिवाङमा पालिकामै पहिलोपटक सडक कालोपत्र

 ललितपुरमा ४३ सेवाग्राहीलाई घरमै राहदानी वितरण

ललितपुर–  जिल्ला प्रशासन कार्यालय ललितपुरले सेवा सञ्चालन भएको एक महिनामा ४३

रास्वपा महाधिवेशन : ८० वटा विद्युतीय मेशिन तयार (तस्बिरहरू)

काठमाडौं– चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय