सुत्केरीको मृत्यु प्रकरण : छानबिन गर्न समिति गठन « Khabarhub

सुत्केरीको मृत्यु प्रकरण : छानबिन गर्न समिति गठन


३१ बैशाख २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

दाङ – घोराही राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सुत्केरीको मृत्यु भएको विषयमा छानबिन गर्न समिति गठन गरिएको छ । आज दुवै पक्ष र सरोकारवालाबीचको छलफलले घोराही उपमहानगरपालिकाका उपप्रमुख हुमा डिसीको नेतृत्वमा छानबिन समिति गठन गरेको हो । छानबिन समितिको प्रतिवेदनअनुसार आवश्यक कारबाही अघि बढाउने सहमति भएको प्रतिष्ठानले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

गएको बिहीबार दिउँसो १ बजेतिर घोराही उपमहानगरपालिका–८ सौडीकी २८ वर्षीया मधु बुढाथोकी केसीको प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको थियो । त्यसपछि आफन्तले क्षतिपूर्तिको माग राख्दै आन्दोलनमा थिए । प्रतिष्ठानले बच्चा जन्मिएपछि स्वास्थ्यमा अनपेक्षित जटिलता आई निजको निधन भएको बताएको छ ।

सुत्केरीपश्चात् पाठेघर खुम्चिई बन्द हुनुपर्नेमा रक्तस्राव बन्द नभएकाले औषधिको प्रयोग तथा अन्य विधि र प्रक्रियाद्वारा उपचार गरिएको भए पनि रक्तस्राव बन्द नभएपछि आफन्तको स्वीकृतिमा शल्यक्रिया गरी पाठेघर निकालिएको प्रतिष्ठानको विज्ञप्तिमा उल्लेख छ । तर पनि रक्तस्राव नरोकिएकाले मृत्यु भएको प्रतिष्ठानको भनाइ छ ।

उपचारमा संलग्न चिकित्सक र नर्सहरुले सुत्केरीको अवस्थाका बारेमा आफन्तहरुलाई कुनै पनि जानकारी नगराएको र बिरामी अचेत भई स्वास्थ्य अवस्था जटिल भएपछि उनीहरुले आइसियुमा राखेर उपचार गर्ने भन्दै एकाएक कागज गराउन लगाएको समेत आरोप लगाएका छन् ।

प्रकाशित मिति : ३१ बैशाख २०८०, आइतबार  १० : २४ बजे

बाढी प्रभावित नुवाकोट र रसुवा जाने टोलीलाई अध्यक्ष ओलीको निर्देशन

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी

सशस्त्र प्रहरीमा ६६६ जनाका लागि नयाँ भर्ना खुल्यो

काठमाडाैं – सशस्त्र प्रहरी बल, नेपाल (एपीएफ)ले विभिन्न पदमा ठूलो

जलन उपचार लक्षित वर्गका लागि कामपाद्वारा दुई लाख सहयोग गर्ने

काठमाडौं – काठमाडौं महानगरपालिकाले जलनको उपचार गर्नुपर्ने लक्षित वर्गका व्यक्तिलाई

हर्मुजमा सेना पठाउने निर्णय अझै भएको छैन : दक्षिण कोरिया

सियोल – दक्षिण कोरियाका विदेशमन्त्रीले शुक्रबार इरानी समकक्षीसँग हर्मुज जलमार्गमा