तफेजुलको हत्या प्रकरण : चार जना पक्राउ « Khabarhub

तफेजुलको हत्या प्रकरण : चार जना पक्राउ


३१ बैशाख २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सप्तरीको रुपनी गाउँपालिका–१ मा आज भएको हत्या घटनाको अनुसन्धानका लागि प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ ।

सप्तरीको शम्भुनाथ नगरपालिका–२ खैरबोनाका २० वर्षीय तफेजुलको हत्या घटनाको अनुसन्धानका लागि रुपनी–१ का चार जनालाई नियन्त्रणमा लिएको र उनीहरूलाई सोधपुछका लागि जिल्ला प्रहरी कार्यालय ल्याइएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक नरेशकुमार सिंहले बताए ।

पूर्व–पश्चिम राजमार्गस्थित सडक किनारको खेतमा तफेजुलको हत्या भएको अवस्थामा आज शव फेला परेको हो । मृतकको शरीरमा नीलडाम र घिसारिएको चोट र दाग रहेको छ । शवलाई पोष्टमार्टमका लागि धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ ।

हत्याको कारण र आरोपितको पहिचान हुन नसकेको तथा अनुसन्धान भइरहेको प्रनाउ सिंहले बताए । धनुषाको मिथिला नगरपालिकास्थित लालगढको केनाइन शाखाको तालिम प्राप्त कुकुरले घटनास्थलमा अनुसन्धान गरेको छ ।

प्रकाशित मिति : ३१ बैशाख २०८०, आइतबार  १० : ३४ बजे

प्रतिनिधिसभाबाट नेपाल कानुन आयोग (पहिलो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकले ‘नेपाल कानुन आयोग (पहिलो संशोधन) विधेयक,

२०८४ सालको पात्रो प्रकाशन गर्न चाहनेलाई पञ्चाङ्ग निर्णायक विकास समितिको आह्वान

काठमाडौं– नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले विसं २०८४ को पात्रो

डिस्चार्जपछि सञ्जयले भने, ‘भगवानको आशीवार्द र कृपाले फेरि पनि यस्तो दिन हेर्न पाएँ’

काठमाडौं– रसुवा बाढीपछि १० दिनसम्म त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा