आगामी वर्षको कार्यक्रम पेस गर्न काठमाडौँ महानगरको निर्देशन  « Khabarhub

आगामी वर्षको कार्यक्रम पेस गर्न काठमाडौँ महानगरको निर्देशन 


३१ बैशाख २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – काठमाडौैँ महानगरपालिकाले आगामी आर्थिक वर्षका कार्यक्रम तर्जुमा गरेर जेठ १० गतेभित्र पेस गरिसक्न विभागीय प्रमुखलाई निर्देशन दिएको छ । कामपाको प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीले आज विभागीय प्रमुखहरुको बैठकमा चालु आर्थिक वर्षको सिलिङ नबढ्ने गरी, कार्यान्वयन योग्य कार्यक्रम तर्जुमा गर्न विभिगीय प्रमुखहरुलाई निर्देशन दिएका हुन् ।

“महानगर गौरवका योजना के हुन सक्छन् रु सोच र परिकल्पना पत्र निर्माण गर्नुहोस्”, अधिकारीले भने, “हामीले महानगर कस्तो बनाउन चाहेका छौँ । कार्यक्रमबाट देखिनुपर्छ । यी कार्यक्रम नागरिकसँग जोडिने खालका हुनुपर्छ । कार्यान्वयन योग्य हुनुपर्छ ।” आर्थिक वर्ष २०८०/८१ अधुरा योजना पूरा गर्ने वर्ष हुने र त्यसपछि कुनै पनि अधुरा योजना बाँकी नरहने गरी कार्यक्रम तर्जुमा गर्न पनि बैठकमा उहाँले जोड दिए ।

त्यसैगरी, कामपाका विभागहरु काठमाडौँ प्लाजामा सार्ने विषयले बैठकमा लामो समय लिएको थियो । अहिलेसम्ममा प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्ष र सचिवालय, प्रशासन विभाग, सामाजिक विकास विभाग, स्वास्थ्य विभाग, कानुन तथा मानव अधिकार विभाग, विपद् व्यवस्थापन विभाग, वातावरण व्यवस्थापन विभाग, आन्तरिक लेखापरीक्षण एकाइ, खरिद एकाइ प्लाजामा सरिसकेका छन् ।

अन्तर्राष्ट्रिय सम्बन्ध सचिवालय आगामी जेठ ३ गतेभित्र, सहकारी विभाग जेठ ६ गतेभित्र, सहरी व्यवस्थापन विभाग जेठ ८ गतेभित्र प्लाजामा सरिसक्ने योजना कामपाको छ । कार्यालय सार्ने निहुँमा कुनै पनि सेवा रोकिनुहुन्न । सेवामा कोही पनि सेवाग्राहीले दुःख पाउनु हुँदैन । बैठकमा प्रमुख प्रशासकीय अधिकृत अधिकारीले, प्लाजामा सहयोग कक्ष स्थापना गरेर सेवाग्राहीले सूचना दिने र सहयोग उपलब्ध गराउने बताए । सहायता कक्षबाटसम्बन्धी जानकारी र सहयोग प्राप्त हुनेछ ।

प्लाजाको बाहिर सेतो पृष्ठभूमिमा रातो अक्षरले महानगरपालिका लेखेको बोर्ड राखिसकिएको छ । भित्र विभागहरुको सङ्केतका लागि हरियो पृष्ठभूमिमा सेतो अक्षरले नाम लेखिनेछ । हरेक तलामा कुन कुन विभाग नाम लेखिनेछ । यही वैशाखदेखि नै कामपाको १४ वटै विभागले काठमाडौँ प्लाजाबाट सेवा दिने भने पनि यस अघि रहेका केही कार्यलयहरु अयन्त्र नसरेकाले समस्या भएको कामपाको भनाइ छ ।

प्रकाशित मिति : ३१ बैशाख २०८०, आइतबार  १० : ४८ बजे

सर्वपक्षीय सरकार गठनका लागि विप्लवको दवाव

काठमाडौं– नेकपा माओवादीका महासचिव नेत्र विक्रम चन्द विप्लवले राजनीतिक दलको

खालिदा जियाका छोरा तारिक १७ वर्षपछि स्वदेश फर्किए, भावी प्रधानमन्त्रीका रुपमा चर्चा

ढाका- बंगलादेशकी पूर्व प्रधानमन्त्री खालिदा जियाका छोरा तारिक रहमान १७

पराशर मार्ग तीव्र रूपमा निर्माण गरिँदै

तनहुँ– विश्व बैंकको अनुदान सहयोगमा व्यास नगरपालिकाको गौरवको आयोजनाका रूपमा

चार किलो ३०० ग्राम कोकिनसहित तीन जना पक्राउ

काठमाडौं– प्रहरीले चार किलो ३०० ग्राम अवैध लागूऔषध कोकिनसहित तीन

वैकल्पिक शक्ति बनाउन बालेनको दौडधूप, कुलमानपछि रविसँग बस्दै

काठमाडौं- फागुन २१ को चुनाव नजिकिँदै गर्दा काठमाडौं महानगरपालिकाका मेयर