टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु « Khabarhub

टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु


३१ जेठ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


516
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंको जडिबुटीमा टिपरले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ। 

मंगलबार राति काठमाडौंबाट भक्तपुरतर्फ जाँदै गरेको टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। बा २ ख ३४३६ नम्बरको टिपरले बागमती प्रदेश-०२-०२६ प २१२१ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो।

मृत्यु हुनेमा दोलखा शैलुङ गाउँपालिका घर भई कोटेश्वर बस्ने ३० वर्षीय झनकबहादुर थापा मगर रहेका छन्। दुर्घटनापछि गम्भीर घाइते भएका उनलाई उपचारका लागि ट्रमा सेन्टर लगिएको थियो। उपचारका क्रममा उनको मृत्यु भएको हो । 

घाइते हुनेमा काठमाडौं महानगरपालिका ५ बस्ने ४० वर्षीय कुमार थापा मगर छन्। उनको बानेश्वरस्थित सिभिल अस्पतालमा उपचार भइरहेको छ।  टिपर चालकलाई  प्रहरीले नियन्त्रणमा लिइसकेको छ।

प्रकाशित मिति : ३१ जेठ २०८०, बुधबार  ७ : ०८ बजे

तीनै तहका सरकार मिलेर शिक्षा क्षेत्रको विकासमा लागौँ : मन्त्री पोखरेल

सुदूरपश्चिम– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले तीनै तहका सरकार मिलेर

केन्द्रीय समिति बैठकका लागि रास्वपा नेताहरू घण्टी घरमा, बालेन अनुपस्थित (तस्बिरहरु)

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकमा सहभागी

रास्वपा केन्द्रीय कमिटी बैठक छाडेर वरिष्ठ नेता बालेन मुस्ताङतिर

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कमिटी बैठक सुरु हुन

निजामती कर्मचारीका लागि आइतबारदेखि विशेष ओपीडी

काठमाडौं- निजामती कर्मचारी अस्पतालले निजामती कर्मचारी तथा उनीहरूका परिवारलाई लक्षित गर्दै

नामी भिगो ई२ ३५.९९ लाखमा सार्वजनिक 

काठमाडौं– एमएडब्लू वृद्धि मोटर्सले नामी भिगो ई२ फुल एसयूभीलाई विशेष प्रारम्भिक