रुसी क्षेप्यास्त्र प्रहारबाट ११ जना युक्रेनीको मृत्यु « Khabarhub

रुसी क्षेप्यास्त्र प्रहारबाट ११ जना युक्रेनीको मृत्यु


३१ जेठ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

किभ– रुसी क्षेप्यास्त्र प्रहारबाट ११ जना युक्रेनीको मृत्यु भएको छ । मंगलबार राती मध्य युक्रेनी सहर क्रिभि रिहमा भएको क्षेप्यास्त्र प्रहारबाट ११ जनाको मृत्यु भएको हो भने २८ जना घाइते भएका छन् । 

क्षेत्रीय अधिकारीहरूले उद्धार टोलीहरूले भग्नावशेषमुनि फसेका मानिसहरूलाई बाहिर निकाल्न काम गरिरहेको बताएका छन्। क्रुज मिसाइल आक्रमणले पाँच तले आवासीय भवनलाई निशाना बनाएको निप्रोपेट्रोभस्क क्षेत्रका गभर्नर सेर्ही लिसाकले बताए।

रुसले आक्रमण गरेको क्रिवीवी रिह सहर युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीको गृहनगर हो।  रसियाले रणनीतिक रूपमा यहाँ रातभर हमला गर्‍यो, जसले सो क्षेत्रमा ठूलो क्षति पुर्‍यायो। यो विनाश रूसी सेनाको युद्धमा पछिल्लो रक्तपात हो ।

पश्चिमाको सहयोगमा युक्रेनी सेनाले रुसीहरूलाई बाहिर धकेल्ने प्रयास गरिरहेको अवस्था यो आक्रमण भएको हो । जेलेन्स्कीले केही तस्बिरहरू सेयर गरेका छन् जसमा अग्निनियन्त्रकहरू आगो निभाउने प्रयास गरिरहेको देखिन्छ। 

जेलेन्स्कीले लेखेका छन, ‘आतंकवादीहरूबाट थप मिसाइलहरू, रूसी हत्याराहरूले आवासीय भवनहरू, शहरहरू र आम मानिसहरू विरुद्ध आफ्नो युद्ध जारी राखेका छन्’

प्रकाशित मिति : ३१ जेठ २०८०, बुधबार  ७ : १२ बजे

बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति

काठमाडाैं – भोटेकोशी बाढीबाट प्रभावित विद्यार्थीको शिक्षाका लागि सरकारले करिब

त्रिशूली नदीमा शव खोज्दै तनहुँ प्रहरी

तनहुँ – रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि त्रिशूली नदीमा बगेर

ज्वालामुखी विस्फोटपछि जकार्ता विमानस्थलमा अवरूद्ध सेवा थपियो

जकार्ता – इन्डोनेसियाको प्रमुख विमानस्थलमा ले सोमबार सञ्चालन हुने अपेक्षा

पृथ्वी राजमार्गको परेवाभीरमा यातायात सञ्चालन

काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको परेवाभीर खण्डमा सोमबार साँझदेखि यातायात

विपत्तिमा सबै एकताबद्ध भएर उभिनुपर्छ : ऊर्जामन्त्री श्रेष्ठ

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले विपत्तिको