प्रविधिमय बन्दै सामुदायिक विद्यालय « Khabarhub

प्रविधिमय बन्दै सामुदायिक विद्यालय


३१ जेठ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

मुगु– मुगुम कार्मारोङ्ग गाउँपालिका-९ मा रहेको नेपाल राष्ट्रिय आधारभुत विद्यालय कक्षा ७ मा अध्ययनरत छात्रा फूलमाया बुढा दुर्गमका विद्यालयमा कम्प्युटर विषयको प्रयोगात्मक कक्षा लिन पाएपछि खुब हर्षित छिन् ।  आधुनिक प्रविधिको पठनपाठन प्रभावकारी बन्न थालेसँगै सामुदायिक विद्यालयहरू प्रविधिमय बन्न थालेका छन् । 

विद्युतीकरण र इन्टरनेटको पहुँच पुगेपछि सामुदायिक विद्यालयहरूमा डिजिटल प्रविधिबाट पठनपाठन हुन थालेको छ । आधुनिक प्रविधिको जमाना अनुसारकै कम्प्युटर शिक्षा प्रभावकारी बन्दै गएको छ ।

मुगुका ग्रामीण क्षेत्रमा सामुदायिक विद्यालयमा कम्प्युटर शिक्षाको पठनपाठन थालनी गरेपछि  विद्यार्थीको आकर्षण बढेको छ । बिजुलीको विस्तार भएसँगै विभिन्न विद्यालयमा कम्प्युटर शिक्षाको प्रयोगात्मक कक्षा सुरु भएपछि दुर्गमका विद्यार्थीहरू निकै उत्साही भएको कक्षा ६ मा अध्ययनरत विद्यार्थी निराजन बुढाले बताए ।  

ग्रामीण क्षेत्रका विद्यार्थीले आधारभूत कम्प्युटर शिक्षा प्राप्त गर्नका लागि सदरमुकाम धाउनपर्ने बाध्यता समेत हटेको छ । प्राय: मुगुका विद्यार्थी किताब अभावकै कारण पठनपाठनमा सास्ती खेपि रहेका विद्यार्थीहरू पछिल्लो समय गाउँ घरकै विद्यालयमा कम्प्युटर शिक्षा लिन पाएपछि खुसी लागेको विद्यार्थी मनकी माया बढुवालले बताइन् । 

कम्प्युटर शिक्षा लागू भएपछि पछिल्लो समय विद्यार्थीहरूको पठनपाठनमा उत्तिकै सहभागिता रहेको छ । पाठ्यक्रम विकासले पनि अहिले कम्प्युटर विषयको किताब नै राखिदिएपछि १० वटा कम्प्युटरबाट शिक्षा दिइरहेको विद्यालयले जनाएको छ । दुई वर्षदेखि सञ्चालनमा आएको आधारभूत कम्प्युटर शिक्षा कक्षा ६ , ७ , ८ लाई यो शिक्षा प्रदान गरि रहेको नेपाल राष्ट्रिय आधारभुत विद्यालयका प्रधानाध्यापक विटालुले जानकारी दिए ।   

विद्यार्थीमा प्राविधिक ज्ञानका लागि विद्यालयमा कम्प्युटर शिक्षाको सुरुआत भएपछि शैक्षिक विकासमा सहयोग पुग्ने विश्वास रहेको छ । ई-लर्निङ्ग कक्षामा एकैपटक एक सय भन्दा बढि विद्यार्थीहरूले विषयगत पाठ्यसामग्री र अन्य सन्दर्भसामग्री लगायत विविध विषयमा अध्ययन गर्न सकिने भएपछि सहजता थपिएको छ ।

 

प्रकाशित मिति : ३१ जेठ २०८०, बुधबार  १२ : ३९ बजे

प्रतिनिधिसभा बैठक बस्दै (सम्भावित कार्यसूचीसहित)

काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आज बस्दैछ । बैठक

अर्जेन्टिना भर्सेस केप भर्डे, कस्तो होला गोल मेसिन मेसी र किपर भोजिन्हाको जादु ?

काठमाडौँ – फिफा विश्वकप २०२६ को ‘राउन्ड अफ ३२’ अन्तर्गत

विश्वकप : खेल हुँदै गर्दा दर्शक मैदान छिरेपछि…

काठमाडौँ – फिफा विश्वकप २०२६ अन्तर्गत बेल्जियम र सेनेगलबीच सियाटलमा

दुई गोलले पछि परेको बेल्जियम नाटकीय जित निकाल्दै विश्वकपको अन्तिम १६ मा

काठमाडौँ – अतिरिक्त समयको अन्तिम मिनेटमा युरी टिलेमान्सले पेनाल्टीमार्फत गोल