पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगका अध्यक्षलाई कालोमोसो दल्ने नेविसंघ मोरङका सभापति पक्राउ « Khabarhub

पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगका अध्यक्षलाई कालोमोसो दल्ने नेविसंघ मोरङका सभापति पक्राउ


३१ जेष्ठ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


150
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगका अध्यक्ष महेश दाहाललाई कालोमोसो दलेको आरोपमा नेपाल विद्यार्थी संघ (नेविसंघ) मोरङका सभापति सरोज पोखरेल पक्राउ परेका छन् ।

बुधबार मोरङको बुढीगंगा क्षेत्रबाट कालोमोसो दलेको घटनाको अनुसन्धान गर्न उनलाई जिल्ला प्रहरी कार्यालय सुनसरीको टोलीले पक्राउ गरेको हो । उनीमाथि सेवा आयोग अध्यक्ष दाहाललाई कालोमोसो दलेको आरोप छ ।

केही दिनअघि दाहालको टाउकोमा कालो पदार्थ खन्याइएको थियो । जसको चौतर्फी विरोध भइरहेका बेला प्रहरीले सो घटनामा संलग्न भएको आरोपमा पोखरेललाई पक्राउ गरेको हो ।

उक्त घटनामा सहभागी भएका अन्यको पनि खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ ।

 

प्रकाशित मिति : ३१ जेष्ठ २०८०, बुधबार  २ : २३ बजे

साउदीमा नेपालीको मृत्यु : सुरक्षा र उद्धारको प्रबन्ध मिलाउन कांग्रेसको माग

काठमाडौं – साउदी अरबको ‘सेवा’ आयल फिल्डमा भएको ड्रोन आक्रमणका

एनपिएल : म्याथ्युज विराटनगर र शेड्ली लुम्बिनीमा आबद्ध

काठमाडौं – श्रीलङ्काका क्रिकेटर एन्जेलो म्याथ्युजले तेस्रो संस्करणको नेपाल प्रिमियर

हानिनोक्सानी कोषबाट नेपाललाई तीन अर्ब अनुदान

काठमाडौं – जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको

धरानमा दसैँमा २६ करोड बढीको खसीबोका कारोबार

सुनसरी- बडादसैँलाई लक्षित गरी धरान उपमहानगरपालिका–१३ स्थित कृषिउपज बजारबाट यसवर्ष

ड्रोनको भग्नावशेष लागेर साउदी अरबमा नेपालीको मृत्यु भएकोमा सरकारद्वारा दुःख व्यक्त

काठमाडौं- सरकारले साउदी अरबको सयबाह क्षेत्रमा खसालिएको ड्रोनको भग्नावशेष लागेर