द्वन्द्वकालीन मुद्दालाई अदालतमा पुर्‍याउनु देशलाई पुनः द्वन्द्वमा धकेल्ने षडयन्त्र : डा. भट्टराई « Khabarhub

द्वन्द्वकालीन मुद्दालाई अदालतमा पुर्‍याउनु देशलाई पुनः द्वन्द्वमा धकेल्ने षडयन्त्र : डा. भट्टराई


३१ जेठ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईले द्वन्द्वकालीन मुद्दालाई बल्झाएर अदालतमा पुर्‍याउनु देशलाई पुनः द्वन्द्वमा धकेल्ने षडयन्त्र भएको बताएका छन् ।

जिल्लामा सञ्चालित रणनीति पूर्वाधार विकासको अवस्थाबारे जानकारी लिन गोरखा आएका उनले सदरमुकाममा आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा भने, “यो घटना एक प्रकारको पुरानो घाउहरुलाई कोट्याई रहेर देशलाई फेरि द्वन्द्वतिर फर्काउने केही शक्तिको चलखेल हो । त्यसैका लागि यसमा केही पात्रहरुलाई उभ्याइएको छ ।”

पूर्वप्रधानमन्त्रीसमेत रहेका उनले  विस्तृत शान्ति सम्झौताले यसलाई सम्बोधन गरिसकेको जनाउँदै बाँकी रहेको काम सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्तासम्बन्धी छानबिन आयोगमार्फत छिटोभन्दा छिटो हल गर्ने विषय रहेको बताए ।

“द्वन्द्वका प्रत्येक कुरालाई कोट्याएर मुद्दा मामिलामा गयौँ भने त्यसको अर्थ फेरि देशलाई द्वन्द्वमा लैजाने भन्ने कुरा हुन्छ”, उनले भने, “त्यो अत्यन्त गैरजिम्मेवार कुरा हो ।”  उनले सरकारले ल्याएको बजेट बजेट नीति तथा कार्यक्रमले उल्लेख उत्साह भने ल्याउन नसकेको पनि दाबी गरे ।

“धेरै दल मिलेर बनेको सरकार छ, मन्त्रालय पनि फरक फरक दललाई छ”, अध्यक्ष डा भट्टराईले भने, “थोरै यताउति हुँदा सरकारबाट कुनै दलले समर्थन फिर्ता लिँदा सरकार ढल्ने अवस्था पनि आउन सक्ने भएकाले सरकारको नेतृत्वले चाहेको जस्तो बजेट आउन नसक्नु स्वाभाविक नै हो ।” पूर्वप्रधानमन्त्री डा भट्टराई बूढीगण्डकी जलविद्युत् आयोजना नेपाल आफैँले बनाउनुपर्नेमा जोड दिए ।

प्रकाशित मिति : ३१ जेठ २०८०, बुधबार  ५ : २६ बजे

बहाव उच्च भएसँगै बिपी राजमार्गको रोशी क्षेत्रमा सवारी आवागमन बन्द

काभ्रेपलाञ्चोक– सम्भावित जोखिमलाई मध्यनजर गर्दै बिपी राजमार्गमा आज मध्याह्न १२:३० बजेदेखि

कङ्गोमा इबोलाबाट १०० जनाको मृत्यु

बुनिया (कङ्गो)- पूर्वी कङ्गोमा इबोला भाइरसको प्रकोप घोषणा भएको एक

१२ वर्षदेखि फरारसहित तीन प्रतिवादी पक्राउ

काभ्रेपलाञ्चोक– जिल्ला प्रहरी कार्यालय काभ्रेले १२ वर्षदेखि फरारसहित तीन प्रतिवादी पक्राउ

राहुघाटको २२० केभी क्षमताको ‘स्विचयार्ड’ सञ्चालनमा

म्याग्दी– म्याग्दीको रघुगङ्गा गाँउपालिका–३ तिल्केनीचौरमा २२० केभी क्षमताको ‘स्विचयार्ड’ सञ्चालनमा

‘विद्युतीय गाडी कर छली प्रकरणमा अर्थमन्त्रीले राजीनामा दिनुपर्छ’

काठमाडौं– राप्रपाका प्रमुख सचेतक खुस्बु ओलीले विद्युतीय गाडी आयातमा कर