सामुदायिक वन अतिक्रमण गरेर बनाइएका घर भत्काइयो « Khabarhub

सामुदायिक वन अतिक्रमण गरेर बनाइएका घर भत्काइयो


३१ जेठ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

बैतडी- बैतडीमा सामुदायिक वन अतिक्रमण गरेर बनाइएका घर भत्काइएको छ । मेलौली नगरपालिकाका दुई सामुदायिक वन अतिक्रमण गरेर बनाइएका २७ घर भत्काइएको हो ।

डिभिजन वन कार्यालयका प्रमुख भीमप्रसाद कँडेलका अनुसार मेलौली–७ चापछाड सामुदायिक वन र वडा नं ८ को कोटीगाउँ सामुदायिक वन अतिक्रमण गरी निर्माण गरिएका घर डोजर प्रयोग गरी भत्काइएको हो । वन कार्यालयले यसअघि पटक पटक ती संरचना हटाउन सूचना जारी गर्दैआएको थियो ।

उनले भने, “सूचनाको अवज्ञा गरेपछि अतिक्रमण गरी बनाएका घर भत्काएका हौँ ।” जिल्ला प्रशासन कार्यालय, डिभिजन वन कार्यालय, मेलौली नगरपालिका र सुरक्षाकर्मीको टोलीले अवैध संरचना हटाएको हो ।

स्थानीयले वन अतिक्रमण गरी किराना पसल, हार्डवेयर पसल र मिलसमेत सञ्चालन गरेका थिए । जिल्लाका अन्य स्थानमा पनि सामुदायिक वन अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाइने डिभिजन वन कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : ३१ जेठ २०८०, बुधबार  ६ : ५८ बजे

चीनले नेपाललाई हस्तान्तरण गर्‍यो, एआई जडित मौसमी सूचना प्रणाली

काठमाडौं । चीनले नेपाललाई एआई जडित मौसमी सूचना प्रणाली हस्तान्तरण

विकास निर्माणमा ढिलासुस्ती र गुणस्तरहीन काम सह्य हुँदैन : मुख्यमन्त्री थापा

हेटौँडा ।  वाग्मती प्रदेशका मुख्यमन्त्री किरण थापाले विकास निर्माणका काममा

कांग्रेसको देशैभर पालिका अधिवेशन असोज ७ गते

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना

इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन

अमेरिकी – राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलवार संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन

मध्यपूर्वको युद्ध अब रोकिनै पर्छ : गुटेरेस

काठमाडौं । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले मध्यपूर्वको युद्ध अब रोकिनैपर्ने बताएका