श्रीलङ्काका चिकित्सक ‘मृगौलाको सबैभन्दा ठूलो पत्थरी’ निकाल्न सफल | Khabarhub Khabarhub

श्रीलङ्काका चिकित्सक ‘मृगौलाको सबैभन्दा ठूलो पत्थरी’ निकाल्न सफल


३१ जेठ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


285
Shares
  • change font
  • change font
  • change font

कोलम्बो- श्रीलङ्काका सैनिक चिकित्सकले ६२ वर्षीय अवकाशप्राप्त सैनिकको मृगौलामा रहेको विश्वकै सबैभन्दा ठूलो पत्थरी निकालेको श्रीलङ्काको सेनाले बुधबार जनाएको छ ।

सेनाका अनुसार पूर्वसर्जेन्ट क्यानिस्टस कुन्जबाट निकालिएको पत्थरको तौल ८०१ ग्राम (२८.२५ औंस) थियो, जुन औसत पुरुष मृगौलाको तौलभन्दा पाँच गुणा बढी थियो ।

कूञ्जको मृगौलाको पत्थरी १३.३७ सेन्टिमिटर (५.२६ इन्च) लामो थियो । औसत मृगौला १० देखि १२ सेन्टिमिटर लामो हुन्छ ।

“जुन १ मा कोलम्बो आर्मी अस्पतालमा एक ठूलो शल्यक्रियामार्फत मृगौलामा रहेको अहिलेसम्मको विश्वको सबैभन्दा ठूलो पत्थरी निकालिएको थियो,” सेनाले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

कूञ्जले स्थानीय स्वर्णवाहिनी टिभीसँग कुरा गर्दै सन् २०२० देखि पेट दुखेको र मुखको औषधिले सहयोग नगरेको बताए ।

उनले भने, “हालैको स्क्यान (परीक्षण) पछि मलाई शल्यक्रिया गर्न भनिएको थियो । म अहिले सामान्य महसुस गरिरहेको छु ।”

गिनिज बुक अफ वल्र्ड रेकर्ड्सका अनुसार सन् २००८ मा पाकिस्तानमा एक बिरामीको मृगौलाबाट ६२० ग्राम पत्थर जम्मा भएको रेकर्ड गरिएको थियो ।

गिनिज बुक अफ वल्र्ड रेकर्ड्सले मान्यता दिएपछि अधिकारीहरूले बुधबार उक्त खोजको घोषणा गरेका हुन् ।

“हाम्रो लागि सबैभन्दा महत्वपूर्ण कुरा पत्थरी निकालेपछि मृगौलाले सामान्य रुपमा काम गरिरहनु हो र यसमा हाम्रो टोली सफल भएको छ,” सेनाका सर्जन के. सुदर्शनले भने ।

मृगौलामा खनिज पदार्थ र लवण क्रिस्टलीकृत हुँदा रगतलाई फिल्टर गर्दा पत्थरी जम्मा हुन्छ ।

यदि पत्थरीहरू धेरै ठूलो छन् भने नियमित सकुलेसनमा कष्टदायी पीडा हुन सक्छ र तिनीहरू अड्किएका छन् भने शल्यक्रिया को आवश्यकता पर्दछ ।

प्रकाशित मिति : ३१ जेठ २०८०, बुधबार  ७ : २० बजे

विपद् व्यवस्थापन गर्न बजेट होइन इच्छाशक्ति हुनुपर्‍यो : गृहमन्त्री लामिछाने

काठमाडौं– उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले विपद् व्यवस्थापन गर्न बजेट

बाटो ढुकेर सिरहाका अमितले हानेका थिए १२ कक्षाकी विद्यार्थीलाई गोली

झापा- झापाको दमकमा शुक्रबार बिहान १२ कक्षाकी एकजना विद्यार्थीलाई गोली

संयुक्त राष्ट्रसङ्घको महासभाद्वारा मे २४ लाई ‘अन्तर्राष्ट्रिय मारखोर दिवस’ घोषणा 

संयुक्त राष्ट्रसङ्घ- संयुक्त राष्ट्रसङ्घको महासभाले बिहीबार मे २४ लाई अन्तर्राष्ट्रिय

जेठ १३ गतेदेखि देशभरका बालबालिकालाई पोलियोविरुद्धको खोप लगाइँदै

काठमाडौं- सरकारले आउँदो जेठ १३ गतेदेखि देशभरका बालबालिकालाई पोलियोविरुद्धको खोप

झापामा हात्तीपाइले विरुद्धको औषधी खाएकी एक वृद्धाको मृत्यु

झापा-  झापामा हात्तीपाइले रोगविरुद्धको औषधी खाएपछि एक जना वृद्धाको मृत्यु