पेट्रोलियम पदार्थ कालोबजारी गर्नेलाई सिन्धुपाल्चोक प्रशासनको चेतावनी « Khabarhub

पेट्रोलियम पदार्थ कालोबजारी गर्नेलाई सिन्धुपाल्चोक प्रशासनको चेतावनी


३१ जेठ २०८०, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

सिन्धुपाल्चोक – संयुक्त बजार अनुगमन टोलीले सिन्धुपाल्चोकका व्यवसायीहरूलाई पेट्रोलियम पदार्थ कालोबजारी गर्नेलाई चेतावनी दिएको छ । पेट्रोलियम पदार्थमा कालोबजारी बढेको जनगुनासो बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले बुधबार शंकास्पद ठाउँमा छापा मारेको हो ।

छापा मार्ने क्रममा चौतारा साँगाचोकगढी वडा नम्बर ५ स्थित एक इलेक्ट्रोनिक्स पसलमा बेच्नका लागि राखिएको पेट्रोल बरामद गरेको उक्त टोलीले जनाएको छ । सो इलेक्ट्रोनिक पसललाई आईन्दा पेट्रोलियम पदार्थ बेचबिखन नगर्ने र गरिएको पाएमा सजाय भोग्न तयार छु भन्ने कागजातसमेत गराइ चेतावनी दिएको सहायक प्रमुख अधिकारी निराजन श्रेष्ठले बताए ।

सोही चौतारा बजारको संकास्पद विभिन्न ६ पसलमा चर्को मूल्य अशुल्दै पेट्रोलियम पदार्थ बेच्दै आएको उजुरी परेपछि क्रेताको रुपमा साधा पोशाकका प्रहरी परिचालन गरेर प्राप्त रिपोर्ट अनुसार केही पसलमा छापा मारेको हो ।

प्रमुख अधिकारी श्रेष्ठले भने ,‘ पहिलो पटकलाई नसियत दिएर छाडिदियौँ , अर्कोपटक दोषीमाथि सिधै कारबाही गछौँ । पेट्रोलियम पदार्थको कालो बजारी गर्दै बेचबिखन गर्नेलाई कम्तिमा दुई लाख पचास हजारदेखि ३ लाखसम्मको जरिवाना गर्ने गराउने ऐनमा व्यवस्था छ त्यसैले इजाजत प्राप्त व्यवसायीले बाहेक अरुले बेचबिखन नगर्न सचेत गराएका छौँ । यो अनुगमन निरन्तर रहन्छ ।’

चौतारामा मात्र हैन जिल्लाका ग्रामीण र बजारी सबै क्षेत्रमा सबैभन्दा बढी बोतलमा भरेर पेट्रोल बिक्री गर्ने गरिएको छ। पेट्रोलियम पदार्थ बोतलमा भरेर बेच्नु कानुनी हिसाबले पनि गलत रहेको सहायक प्रजिअ श्रेष्ठको भनाई छ । आफूहरुले अनुगमनको क्रममा बोतलमा भरेर पेट्रोलियम पदार्थ बिक्रीवितरण गर्ने गरेको फेला पारेकोले यस्तो काम नर्गन र उपभोक्ता हित विपरित नजान यस्ता कार्य तत्काल बन्द गर्न सम्बन्धित व्यवसायीलाई सचेत गराएको सहायक प्रजिअ श्रेष्ठले बताए ।

प्रतिलिटर पेट्रोलको २५० सम्म ब्यापारीहरुले अशुल्दै आएको पाईएको छ । बोतल लगाएतका भाडामा भरेर पेट्रोलियम पदार्थ बिक्री वितरण गदै आएका छन् । जिल्लाका सबै क्षेत्रमा यो अभियान निरन्तर सञ्चालन हुने बजार अनुगमन साथै अवैध क्रियाकलापको सूक्ष्म अध्ययन गरिरहेको हुनाले अनुगमनको क्रममा त्यस्तो भए गरेको पाइएमा कडाभन्दा कडा सजाय गर्ने जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत श्याम श्रेष्ठले बताएयो ।

जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकका सहायक प्रमुख अधिकारी निराजन श्रेष्ठ, प्रशासकीय अधिकृत श्याम श्रेष्ठ, घरेलु कार्यालयका प्रमुख विश्वनाथ काफ्ले उपभोक्ता समिती र प्रहरीको संयुक्त टोलीले जिल्ला सदरमुकाम चौताराको विभिन्न पसलमा अनुगमन गरेको हो ।

प्रकाशित मिति : ३१ जेठ २०८०, बुधबार  ८ : २५ बजे

नेपाल मेडिकल काउन्सिलको रजिस्ट्रारमा डा. सुप्रभात श्रेष्ठ

काठमाडौं– नेपाल मेडिकल काउन्सिल (एनएमसी)को रजिस्ट्रारमा डा. सुप्रभात श्रेष्ठ नियुक्त

तोलामा ३ हजार रुपैयाँले बढ्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा आज पनि सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी

मधेसका आठ जिल्ला शाखालाई सञ्चार सामग्री हस्तान्तरण

जनकपुरधाम– मधेस प्रदेश सरकारले प्रदेशका आठवटै जिल्लाका नेपाल पत्रकार महासङ्घ

सम्बन्धविच्छेदको चर्चाबीच गोविन्दा-सुनिताको सम्बन्धमा नयाँ ट्विस्ट, आखिर के भयो ?

बलिउडमा कलाकारको फिल्मी करियरसँगै उनीहरूको निजी जीवन सधैँ चर्चाको विषय

राष्ट्र बैंकद्वारा ८५ अर्ब रुपैयाँको निक्षेप संकलन गर्दै

काठमाडौं– नेपाल राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले वित्तीय बजारबाट ८५