क्रिप्टो करेन्सीको कारोबार गर्ने पाँच जना पक्राउ « Khabarhub

क्रिप्टो करेन्सीको कारोबार गर्ने पाँच जना पक्राउ


३१ जेठ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रहरीले नेपालमा अवैध सट्टेबाजी र क्रिप्टो करेन्सीकोे कारोबार गर्ने समूहलाई पक्राउ गरि सार्वजनिक गरेको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले बुधबार पत्रकार सम्मेलन गर्दै अनलाइनमार्फत सट्टेबाजी गरेर करोडौको कारोवार गर्ने पाँच जनालाई पक्राउ गरि सार्वजनिक गरेको हो । वान एक्स वेटबाट सट्टेबाजी गर्ने मध्ये पक्राउ पर्ने मुख्य व्यक्ति दिनेश खड्काले मात्रै ६४ करोड भन्दा बढिको कारोबार गरेको देखिएको कार्यालयका प्रमुख एसएसपी मनोजकुमार केसीले जानकारीदिए ।

त्यस्तै पक्राउ परेका अनिता धिताल, दिपेश श्रेष्ठ, दिनेश चन्द, आशिष लामिछानेले पनि करोडौंको कारोवार गरेको देखिएको केसीले बताए । पक्राउ परेका लामिछानेसंग ३५ लाख नगद पनि बरामद गरिएको केसीले बताए ।

पक्राउ परेका व्यक्तिहरुबाट अवैध सट्टेबाजी र क्रिप्टो करेन्सीकोे कारोवार गर्ने प्रमाणहरु फेला परेको प्रहरीले जनाएको छ । यस बिषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : ३१ जेठ २०८०, बुधबार  ९ : ३१ बजे

ठमेलमा अश्लील क्रियाकलापमा संलग्न पाँच विदेशी महिला पक्राउ

काठमाडौँ– नेपाल प्रहरीले ठमेल क्षेत्रमा अश्लिल क्रियाकलापमा लाग्ने पाँच विदेशी

पाल्पामा डीएपी मलको माग बढ्दो, युरियाको खपत घट्दो

पाल्पा– पाल्पामा बर्सेनि डिएपी मलको माग बढ्दै गएको छ ।

विश्वकपको दबाब: हारपछि किन सबैभन्दा पहिले प्रशिक्षकले पद गुमाउँछन् ?

काठमाडौँ – विश्वकप जित्ने सपना बोकेर मैदानमा उत्रिएका सबै टोलीको

शिक्षा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेको शिक्षा, स्वास्थ्य तथा सूचना

विश्वकप फुटबल : बोस्निया हर्जगोभिनालाई हराउँदै अमेरिका अन्तिम १६ मा प्रवेश

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ मा आयोजक राष्ट्र अमेरिका अन्तिम