युक्रेनसँगको खाद्य सम्झौता तोड्ने पुटिनको संकेत « Khabarhub

युक्रेनसँगको खाद्य सम्झौता तोड्ने पुटिनको संकेत


२९ असार २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

मस्को- रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले विदेशी हतियारले युक्रेनको युद्धभूमिको अवस्था परिवर्तन गर्न नसक्ने बताएका छन् । 

उनका अनुसार ती विदेशी हतियारहरुले थप तनाव बढाउने छन्, लडाइँलाई तिव्र पार्नेछ र अन्ततः विनाश निम्त्याउने छ भन्दै युक्रेनलाई उनले चेतावनीसमेत दिएका छन् । राष्ट्रपति पुटिनले रुसी सेनालाई प्राथमिकताका आधारमा विदेशी ट्यांकलाई कारबाही गर्न समेत निर्देशन दिएका छन । 

नाटो शिखर सम्मेलनपछि पहिलो पटक रुसी सरकारी टेलिभिजनमार्फत राष्ट्रपति पुटिनले आफ्नो धारणा बाहिर ल्याएका हुन । पुटिनले युक्रेनलाई नेटो सदस्यता दिने आश्वासन रुसको सुरक्षाका लागि खतरनाक भएको र यसले फेरि एकपटक विश्वव्यापी तनाव बढेको प्रारम्भिक प्रतिक्रिया दिएका छन्  । 

फ्रान्सले युक्रेनलाई २५० किलोमिटर मार हान्न सक्ने क्रुज क्षेप्यास्त्र दिने घोषणा गरेकोमा पनि पुटिनले आपत्ति जनाएका छन । यद्यपि, फ्रान्सको सो सहयोगले उल्टै क्षति पुर्‍याउने छ तर युद्ध मैदानको अवस्था परिवर्तन नहुने बताए ।

युक्रेनसँगको खाद्यान्न निर्यात सम्झौतामा पुटिनले रुसका केही अपेक्षा पूरा नभएमा यो सम्झौतालाई निरन्तरता नदिने बताएका छन् । यस सम्झौताको म्याद जुलाई १७ मा सकिँदैछ।

यस सम्झौता अन्तर्गत खाद्यान्न बोकेका युक्रेनी जहाजहरू रूसी सेनाको अनुमतिमा मात्र ब्ल्याक सागर हुँदै बाहिर जान पाउँछन् । युक्रेनी जहाजहरू विदेश जानको लागि यो एक मात्र तरिका र बाटो पनि हो। 

प्रकाशित मिति : २९ असार २०८०, शुक्रबार  ७ : ५१ बजे

वर्षा रोकिएसँगै बेनी–दरवाङ सडक मर्मत थालियो

म्याग्दी– पछिल्लो झरिका कारण प्रभावित बनेको म्याग्दीको पश्चिमी क्षेत्रका तीन

एसियाड क्वाटरफाइनल : श्रीलंकाविरुद्ध ऐतिहासिक जितको खोजीमा नेपाल

काठमाडौँ – एसियाली खेलकुद (एसियन गेम्स) क्रिकेटअन्तर्गत समूह ‘ए’ को

पहिरोले बैतडीको ढोल्यामोड–पुर्चौंडी हाट सडक अवरुद्ध

बैतडी– बैतडीको ढोल्यामोड–पुर्चौंडी हाट सडकमा यातायात सेवा पूर्ण रूपमा अवरुद्ध

कालीगण्डकीमा जलसतह कम भएसँगै विद्युत् उत्पादन सुरु गर्ने तयारी

स्याङ्जा– कालीगण्डकी–५ बेल्टारीस्थित कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजनाले आजदेखि विद्युत् उत्पादन

वर्षा सहितको हिमपातले हुम्लाको जनजीवन प्रभावित

हुम्ला– निरन्तर वर्षा एवं हिमपातले हुम्लाको जनजीवन प्रभावित भएको छ