युक्रेनसँगको खाद्य सम्झौता तोड्ने पुटिनको संकेत « Khabarhub

युक्रेनसँगको खाद्य सम्झौता तोड्ने पुटिनको संकेत


२९ असार २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

मस्को- रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले विदेशी हतियारले युक्रेनको युद्धभूमिको अवस्था परिवर्तन गर्न नसक्ने बताएका छन् । 

उनका अनुसार ती विदेशी हतियारहरुले थप तनाव बढाउने छन्, लडाइँलाई तिव्र पार्नेछ र अन्ततः विनाश निम्त्याउने छ भन्दै युक्रेनलाई उनले चेतावनीसमेत दिएका छन् । राष्ट्रपति पुटिनले रुसी सेनालाई प्राथमिकताका आधारमा विदेशी ट्यांकलाई कारबाही गर्न समेत निर्देशन दिएका छन । 

नाटो शिखर सम्मेलनपछि पहिलो पटक रुसी सरकारी टेलिभिजनमार्फत राष्ट्रपति पुटिनले आफ्नो धारणा बाहिर ल्याएका हुन । पुटिनले युक्रेनलाई नेटो सदस्यता दिने आश्वासन रुसको सुरक्षाका लागि खतरनाक भएको र यसले फेरि एकपटक विश्वव्यापी तनाव बढेको प्रारम्भिक प्रतिक्रिया दिएका छन्  । 

फ्रान्सले युक्रेनलाई २५० किलोमिटर मार हान्न सक्ने क्रुज क्षेप्यास्त्र दिने घोषणा गरेकोमा पनि पुटिनले आपत्ति जनाएका छन । यद्यपि, फ्रान्सको सो सहयोगले उल्टै क्षति पुर्‍याउने छ तर युद्ध मैदानको अवस्था परिवर्तन नहुने बताए ।

युक्रेनसँगको खाद्यान्न निर्यात सम्झौतामा पुटिनले रुसका केही अपेक्षा पूरा नभएमा यो सम्झौतालाई निरन्तरता नदिने बताएका छन् । यस सम्झौताको म्याद जुलाई १७ मा सकिँदैछ।

यस सम्झौता अन्तर्गत खाद्यान्न बोकेका युक्रेनी जहाजहरू रूसी सेनाको अनुमतिमा मात्र ब्ल्याक सागर हुँदै बाहिर जान पाउँछन् । युक्रेनी जहाजहरू विदेश जानको लागि यो एक मात्र तरिका र बाटो पनि हो। 

प्रकाशित मिति : २९ असार २०८०, शुक्रबार  ७ : ५१ बजे

राजनीतिमा धैर्य र समर्पण आवश्यक छ : महासचिव पोखरेल

राँझा– नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले राजनीतिमा धैर्य

खाँदबारीमा सेकाहा महोत्सव सुरु

खाँदबारी– यहाँको खाँदबारी नगरपालिका–४ स्थित सेकाहामा आजदेखि ‘ऐतिहासिक सेकाहा महोत्सव’ सुरु

बालेनले केपीसँग भिड्न खोजेको झापा ५ : अहिले पनि सजिलो छैन एमालेलाई हराउन

काठमाडौं- काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह राजनीतिमा उत्रिँदै गर्दा झापा

ढुङ्गाले लागेर एकजना मजदुरको मृत्यु

ताप्लेजुङ– यहाँको फक्ताङलुङ गाउँपालिका–६ स्थित तमोर फाइभ हाइड्रोपावरको आउटलेट सुरुङमार्गमा

चुनाव र पार्टी अधिवेशन दुवैको तयारी गर्नुहोस् : कावा सभापति खड्का

कीर्तिपुर– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले राष्ट्रिय राजनीतिको निकासका