प्रधानमन्त्री प्रचण्डलाई राष्ट्रपति पौडेलको समवेदना | Khabarhub Khabarhub

प्रधानमन्त्री प्रचण्डलाई राष्ट्रपति पौडेलको समवेदना


२९ असार २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले पत्नी शोकमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई समवेदना सन्देश पठाएका छन् । राष्ट्रपति पौडेलका तर्फबाट राष्ट्रपति कार्यालयका सचिव तथा उनको सचिवालयमा रहेका पदाधिकारीले आज प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर समवेदना सन्देश हस्तान्तरण गरेका हुन् ।

प्रधानमन्त्री प्रचण्डकी धर्मपत्नी एवं महिला नेत्री सीता दाहालको ६९ वर्षको उमेरमा बुधबार बिहान भएको असामयिक निधनले आफूलाई अत्यन्तै दुःखी बनाएको राष्ट्रपतिको समवेदना सन्देशमा उल्लेख छ ।  

समाज रूपान्तरणका क्रममा भएका सशस्त्र सङ्घर्षलगायत संघीय लोकतान्त्रिक गणतन्त्रका लागि भएका आन्दोलनमा सीताको भूमिका महत्वपूर्ण रहेको राष्ट्रपति पौडेलको सन्देशमा उल्लेख छ । ‘समाज रूपान्तरण र राजनीतिक परिवर्तनमात्र नभएर सम्माननीय प्रधानमन्त्री दाहालको राजनीतिक छवि एवं कदलाई सफलतापूर्वक यो उचाइसम्म ल्याउन विगतका कष्टकर दिनहरूमा सीताको साथ तथा सहयोग उदाहरणीय र अनुकरणीय छ’, सन्देशमा भनिएको छ ।  

राष्ट्रपतिले स्व सीताको आत्माको चिरशान्तिको कामनासहित उनीप्रति हार्दिक श्रद्धाञ्जली प्रकट गर्नाका साथै दुःखको यस घडीमा प्रधानमन्त्री, शोकसन्तप्त परिवारजन तथा शुभेच्छुकप्रति  समवेदना प्रकट गरेका छन् । 

प्रकाशित मिति : २९ असार २०८०, शुक्रबार  १२ : ३० बजे

सुप्रिया र मायाले जिते ‘मिस एण्ड मिसेस गुरुङ’को उपाधि

काठमाडौं – ‘मिस एण्ड मिसेस गुरुङ २०८२’को उपाधि सुप्रिया गुरुङ

धुलिखेल–सूर्यविनायक सडकमा रोकिएको विस्तार कार्य सुरु

काभ्रेपलाञ्चोक – वर्षाका कारण रोकिएको अरनिको राजमार्गअन्तर्गत सूर्यबिनायक–धुलिखेल सडकखण्डमा स्तरोन्नतिको

उखु किसानलाई अनुदान रकम अविलम्ब भुक्तान गर्नुपर्छः नेपाल

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले

प्रदेश आमसञ्चार विधेयकबारे सरोकार भएकाहरूका चासोप्रति गम्भीर छौँ : मुख्यमन्त्री कार्की

मोरङ – कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले ‘कोशी प्रदेश आमसञ्चार

राहुल गान्धीको आरोप – भारतमा चुनावको मिति भाजपाले तोक्ने गरेको छ

एजेन्सी – भारतीय कांग्रेसका नेता तथा लोकसभाका प्रमुख प्रतिपक्षी नेता