सरकारले भुक्तानी नगरेको भन्दै निर्माण व्यवसायीद्वारा प्रदर्शन « Khabarhub

सरकारले भुक्तानी नगरेको भन्दै निर्माण व्यवसायीद्वारा प्रदर्शन


२९ असार २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सरकारले भुक्तानी नगरेको भन्दै निर्माण व्यवसायीहरुले काठमाडौंमा प्रदर्शन गरेका छन् ।

असार मसान्तसम्म पनि व्यवसायीहरुले पाउनुपर्ने भुक्तानी नगरेको भन्दै नेपाल निर्माण व्यवसायी महासंघले शुक्रबार काठमाडौंको माइतिघरमा विरोध प्रदर्शन गरेका हुन् ।

प्रदर्शनमा सहभागीहरुले असार मसान्तमा निर्माण कार्यको बाँकी रकम तुरुन्त भुक्तानी गर, लामो समयदेखिको बाँकी बीलको रकम तुरुन्त भुक्तानी गर, माइलस्टोनको व्यवस्था तुरुन्तर खारेज गर, सम्पूर्ण ठेक्काको एकमुष्ट म्याद थप गर लगायतका नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

सरकारले आफूहरुको भुक्तानी नगर्दा निर्माण कार्यमा असर परेको, तलब खुवाउन नसकेको बैंकको ब्याज तिर्न नसकेको भन्दै बाध्य भएर आन्दोलन गर्नुपरेको महासंघका प्रचार प्रसार विभाग संयोजक शिवहरि घिमिरेले बताए ।

महासंघले माइलस्टोनको व्यवस्था खारेज गर्न प्रधानमन्त्री लगाएत सबै ठाँउमा आवाज उठाउँदा पनि कुनै सम्बोधन नभएको भन्दै अब कडा आन्दोलन गर्ने चेतावनी दिएको छ ।

 

प्रकाशित मिति : २९ असार २०८०, शुक्रबार  २ : ५८ बजे

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र

यातायात सहज भएसँगै लाङटाङमा पर्यटक बढ्दा व्यावसायी उत्साहित

रसुवा- यातायात व्यवस्था सहज भएसँगै रसुवाको प्रसिद्ध पर्यटकीयस्थल लाङटाङ क्षेत्रमा

उपत्यकाका सडकमा सवारी चाप बढ्दै

काठमाडौँ- मान्यजनबाट विजया दशमीको टीका, जमरा र आर्शिवाद ग्रहण गर्न

ट्रम्पद्वारा ले पेनको प्रशंसा

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फ्रान्सेली दक्षिणपन्थी नेतृ मरिन ले