थाई संसदमा नयाँ प्रधानमन्त्रीक‍ा लागि अर्को हप्ता पुनः मतदान हुने « Khabarhub

थाई संसदमा नयाँ प्रधानमन्त्रीक‍ा लागि अर्को हप्ता पुनः मतदान हुने


२९ असार २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

बैंकक- थाइल्याण्डको संसदले अर्को हप्ता नयाँ प्रधानमन्त्रीको लागि पुनः मतदान हुने जनाएको छ ।

पिता लिम्जारोएन्रात नेतृत्वको मुभ फरवार्ड पार्टी (एमएफपी) ले मे महिनामा भएको चुनावमा सबैभन्दा बढी सिट जितेको थियो । उक्त जितबाट नौ वर्षको सेना समर्थित शासनपछि प्रगतिशील सुधारका लागि आतुर थाई युवाहरू उत्साहित भएका थिए ।

हार्वर्ड विश्वविद्यालयमा अध्ययन गरेका पिताले अर्को सरकारको नेतृत्व गर्ने अपेक्षा गरिएको थियो । यद्यपि पिताको यस प्रयासलाई बिहीबार सेनाद्वारा नियुक्त सिनेटरहरूले विफल पारेका थिए । यसले शाही मानहानीविरुद्ध मुलुकको कठोर कानूनमा सुधार गर्ने उनको प्रतिज्ञालाई जोखिममा पारेको विश्लेषण गरिएको छ ।

पितालाई सांसद पदबाट निलम्बन गर्न मुलुकको सर्वोच्च निर्वाचन निकायले संवैधानिक अदालतसमक्ष सिफारिस गरेको एक दिनपछि नै मतदान भएको हो ।

थाइल्याण्डको संसदले जुलाई १९ मा नयाँ प्रधानमन्त्री चयनका लागि दोस्रो मतदान गर्ने उपसभामुख पिचेत चुआमुआङफानले एएफपीलाई बताए ।

मतदान कहिले हुने भन्ने प्रसङ्गमा पिचेटले स्थानीय सञ्चारमाध्यममा आएको समाचारलाई पुष्टि गर्दै भने, “नयाँ प्रधानमन्त्रीका लागि मतदान छिट्टै हुनेछ किनकी कार्यतालिका उस्तै छ । कुनै फेरबदल भएको छैन ।”

एमएफपीको गठबन्धन साझेदार फेउ थाईका सांसद समेत रहेका पिचेट चाउमुआङफाङले पितालाई पुनः मनोनीत गर्ने वा अर्को निर्वाचनमा थप उम्मेदवारको सामना गर्ने भन्ने स्पष्ट नभएको बताए ।

उनले भने, “हामीले अहिले पनि पहिले यसबारे कुरा गर्नुपर्छ । अहिलेका लागि, यसले जनताबाट राय र प्रतिक्रिया सङ्कलन गरिरहेको छ ।”

पिताले आफू आगामी सरकारको नेतृत्वका लागि उम्मेदवार रहेको र समग्रमा ३२४ मत मात्र प्राप्त गरे पनि हार नमान्ने बताउँदै आएका छन् ।

केवल १३ सिनेटरहरूले सुधारवादी उम्मेदवारको पक्षमा मतदान गरेका थिए भने धेरैले देशको कडा शाही मानहानी कानूनमा सुधार गर्ने एमएफपीको प्लेटफर्मको विरोध गरेका छन् ।

– ‘शक्तिको दुरुपयोग’ –

सन् २०१४ मा भएको ‘कू’ बाट सत्तामा आएका प्रयुत चान–ओ–चाको नेतृत्वमा सेना समर्थित करिब एक दशक लामो शासनलाई मतदाताले ठाडै अस्वीकार गरेका थिए ।

तर तल्लो सदनका कन्जरभेटिभ सांसदहरू र हुन्टाद्वारा नियुक्त सिनेटरहरूले उनलाई आफ्नो समर्थन नदिने सङ्केतका साथ परिणाम झन्–झन् अत्याज्य भएको थियो ।

एमएफपीको सुधारवादी एजेन्डाप्रति देशको शक्तिशाली अनुदारवादी संस्थापन पक्षबाट आपत्ति आएको छ ।

निर्वाचन आयोगले बुधबार पितालाई चुनाव प्रचारसम्बन्धी नियम उल्लङ्घन गरेको आरोपमा संसदबाट निलम्बित गर्न सिफारिस गरेको थियो ।

थाइल्याण्डको कानुनअनुसार प्रतिबन्धित एक मिडिया कम्पनीमा पिताको शेयर स्वामित्वबारे छानबिन भएपछि यो सिफारिस गरिएको हो ।

संवैधानिक अदालतले उक्त प्रतिज्ञा संवैधानिक राजतन्त्रलाई ‘अपदस्थ’ गर्ने प्रयास गरेको आरोप लगाउँदै दायर गरिएको मुद्दालाई स्वीकार गरेको छ । पार्टीलाई आफ्नो प्रतिरक्षा प्रस्तुत गर्न दुई हप्ताको समय दिइएको छ ।

सन् २००७ देखि उक्त सञ्चार माध्यमले प्रसारण गरेको छैन र पिताले उक्त शेयर आफ्नो बुवाबाट विरासतका रूपमा पाएको बताएक छन् ।

प्रकाशित मिति : २९ असार २०८०, शुक्रबार  ४ : ०२ बजे

पुरन्धरा झरना : जङ्गलको काखमा झरेको सुन्दरता, पर्यटकको बढ्दो आकर्षण

दाङ– तीनैतिर हरियाली वनले घेरिएको शान्त वातावरण । पश्चिमपट्टि कलकल

वन र पर्यावरण संरक्षणलाई प्राथमिकता दिनुपर्छ : मन्त्री चौधरी

जनकपुरधाम– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले वन, वातावरण, कृषि,

जर्मनीमा आयोजित ‘प्राइड’ उत्सवमा गराइएको भ्यान दुर्घटनामा एक जनाको मृत्यु, संदिग्धको खोजी जारी

काठमाडौं- जर्मनीको राजधानी बर्लिनमा आयोजित समिलङ्गी तेस्रोलिङ्गीको ‘प्राइड’ उत्सवलाई लक्षित

मोबाइल नदिएको निहुँमा साथीको हत्या

गण्डकी– मोबाइल नदिएको निहुँमा बागलुङको बडिगाड गाउँपालिका–१ का १७ वर्षीय

अभिजीत दिपकेलाई टाइफाइड, कति खतरनाक हुन सक्छ यो रोग?

नयाँदिल्ली- करिब एक महिना लामो आन्दोलनमा खटिएकाभ ककरोज जनता पार्टीका