दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शुक्रबार पनि प्रदर्शन « Khabarhub

दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शुक्रबार पनि प्रदर्शन


२९ असार २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


192
Shares
  • change font
  • change font
  • change font

दाङ- राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा शुक्रबार पनि प्रदर्शन भएको छ ।

घोराही उपमहानगरपालिका–३ का ११ वर्षीय आक्रोश नेपालीको अस्पतालको लापरबाहीका कारण मृत्यु भएको भन्दै बिहीबार देखि सुरु भएको नाराबाजी सहितको प्रदर्शन शुक्रबार पनि जारी रह्यो ।

विरोध प्रदर्शनका कारण अस्पतालको उपचार सेवा प्रभावित बनेको छ । आन्दोलन चर्किंदै गएपछि प्रतिष्ठान परिसरमा शुक्रबार पनि बिहानैदेखि प्रहरी परिचालन गरिएको थियो । बालकको मृत्युबारे सत्य तथ्य छानबिन गरी दोषीलाई कारबाही र उचित क्षतिपूर्तिको माग पीडित पक्षले गर्दै आएको छ । पीडित पक्ष र अस्पताल प्रशासनबीच बिहीबार वार्ता भएपनि सहमति हुन सकेको थिएन ।

शुक्रबार बिहान ८ बजेदेखि पुनः वार्ता गर्ने सहमति भएपनि पीडित पक्षको माग सम्बोधन नहुने देखेपछि उनीहरुले बिहानैदेखि आन्दोलनलाई निरन्तरता दिएका छन् ।

प्रकाशित मिति : २९ असार २०८०, शुक्रबार  ६ : ०३ बजे

लप्सीको रुखबाट लडेर वैतेश्वरका तामाङको मृत्यु 

दोलखा– लप्सी टिप्ने क्रममा रुखबाट खसेर गम्भीर घाइते भएका दोलखाको

प्रभु बैंकका सीईओ अशोक शेरचन हाजिरी जमानीमा छुटे

काठमाडौं- गत १४ मंसिरमा पक्राउ परेका प्रभु बैंकका सीईओ अशोक शेरचन

शान्ति सैनिकको अदलीबदली

काठमाडौं- संयुक्त राष्ट्रसङ्घको आह्वानमा मध्य अफ्रिकी गणतन्त्रमा परिचालन भएको नेपाली

प्रधानमन्त्रीले प्रमुख दलका नेताहरूलाई बालुवाटार बोलाइन्

काठमाडौं- अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले आगामी २१ फागुनको निर्वाचन

पर्यटकको आकर्षक गन्तव्य बन्दै खाँचीकोट हिल स्टेसन

अर्घाखाँची- अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका-७ मा खाँचीकोटमा रहेको खाँचीकोट हिल