हराएको दुई सातापछि जङ्गलमा शव, मृतकको भिसेरा जाँच हुने « Khabarhub

हराएको दुई सातापछि जङ्गलमा शव, मृतकको भिसेरा जाँच हुने


२९ असार २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – घरबाट हराएको दुई सातापछि सूर्यविनायक नगरपालिका–७ गुण्डू निवासी ३७ वर्षीया माया नगरकोटीको शव प्रहरीले सूर्यविनायक जङ्गलमा फेला पारेको छ ।

यही असार १३ गते बुधबार बिहान साढे ८ बजे माया घरबाट हराएकी भन्दै परिवारले प्रहरीमा जाहेरी दिएपछि प्रहरीले तालिमप्राप्त कुकुरसहित विभिन्न निकायमा प्रहरीको टोली परिचालन गरी खोजीकार्य गर्ने क्रममा गुण्डू अस्थायी प्रहरी पोष्टबाट खटिएका प्रहरीले जङ्गलमा शव फेला पारेको प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक प्रजित केसीले जानकारी दिए ।

प्रहरीले नगरकोटीको खोजीका क्रममा अन्तिम पटक सूर्यविनायक गणेश मन्दिरबाट पानीट्याङ्की हुँदै मन्थलीको बाटो जाँदै गरेको सिसिटिभीबाट देखिएपछि प्रहरीले जङ्गलमा खोजी केन्द्रीत गरेको थियो ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, स्थानीयवासीलगायत चार वटा तालिमप्राप्त कुकुरसहित प्रयोग गरी प्रहरीले खोजी गरेको उनले जानकारी दिए ।

प्रहरी उपरीक्षक केसीले शवलाई पोष्टमार्टमका लागि पठाएको जानकारी दिँदै मृतकका भिसेरा जाँचसमेत गर्न पठाएको बताए। त्यसको रिपोर्ट आएपछि मात्रै के र कसरी मृत्यु भयो भन्ने जानकारी आउने उनले जानकारी दिए ।

प्रकाशित मिति : २९ असार २०८०, शुक्रबार  ९ : ५९ बजे

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी

काठमाडौं–  सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ । बैठक प्रधानमन्त्री

वनमन्त्री चौलागाईंद्वारा एनटिएनसीको संरक्षण प्रयासको प्रशंसा

काठमाडौं– वन तथा वातावरणमन्त्री माधवप्रसाद चौलागाईंले राष्ट्रिय प्रकृति संरक्षण कोष

चोरी भएका ६० वटा मोटरसाइकल र स्कुटर हस्तान्तरण

काठमाडौं– काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले विभिन्न समयमा चोरी भएका

बढ्दो विदेशी मुद्रा सञ्चिति : अनुत्पादक बोझ कि समृद्धिको अवसर ?

काठमाडौं- नेपाल राष्ट्र बैंकको तथ्याङ्क हेर्दा देश आर्थिक रूपमा निकै

म्यान्मामा पाँच वर्षपछि आम चुनाव

याङ्गुन- म्यान्मामा आइतबार पाँच वर्षपछि पहिलो पटक आम निर्वाचनको पहिलो