लागुऔषधसहित दुईजना पक्राउ « Khabarhub

लागुऔषधसहित दुईजना पक्राउ


२९ असार २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


216
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – धनकुटा र झापाबाट लागुऔषधसहित एक एकजना पक्राउ परेका छन् । धनकुटाको साँगुरीगढी गाउँपालिका-६ स्थित भेडेटार चौकबाट अवैध लागुऔषध गाँजा करिब १ केजीसहित साँगुरीगढी गाउँपालिका(६ सिमसुवा बस्ने २३ वर्षीय सनम लिम्बूलाई प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको प्रहरीले उनलाई उक्त लागुऔषधसहित पक्राउ गरेको हो ।

झापाको मेचिनगर नगरपालिका-१० शान्ति चोकबाट ब्राउन सुगर जस्तो देखिने पदार्थ ८ सय ५० मिलिग्रामसहित सोही ठाउँ बस्ने २० वर्षीय सुनिल सुनारलाई प्रहरीले पक्राउ गरेको छ । लागुऔषध नियन्त्रण व्युरो काँकरभिट्टा र ईलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

 

प्रकाशित मिति : २९ असार २०८०, शुक्रबार  १० : १९ बजे

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी

काठमाडौं–  सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ । बैठक प्रधानमन्त्री

वनमन्त्री चौलागाईंद्वारा एनटिएनसीको संरक्षण प्रयासको प्रशंसा

काठमाडौं– वन तथा वातावरणमन्त्री माधवप्रसाद चौलागाईंले राष्ट्रिय प्रकृति संरक्षण कोष

चोरी भएका ६० वटा मोटरसाइकल र स्कुटर हस्तान्तरण

काठमाडौं– काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले विभिन्न समयमा चोरी भएका

बढ्दो विदेशी मुद्रा सञ्चिति : अनुत्पादक बोझ कि समृद्धिको अवसर ?

काठमाडौं- नेपाल राष्ट्र बैंकको तथ्याङ्क हेर्दा देश आर्थिक रूपमा निकै

म्यान्मामा पाँच वर्षपछि आम चुनाव

याङ्गुन- म्यान्मामा आइतबार पाँच वर्षपछि पहिलो पटक आम निर्वाचनको पहिलो