नेपाल–भारत जोड्ने झोलुङ्गे पुलको लठ्ठा चुडिँदा आवतजावत बन्द « Khabarhub

नेपाल–भारत जोड्ने झोलुङ्गे पुलको लठ्ठा चुडिँदा आवतजावत बन्द


२९ असार २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – दार्चुलाको महाकाली नगरपालिका–९ दत्तु र भारतको बालुवाकोट जोड्ने झोलुङ्गे पुलको लठ्ठा चुडिँदा आवतजावत नगर्न जिल्ला प्रशासन कार्यालय दार्चुलाले अनुरोध गरेको छ ।

जिल्ला प्रशासन कार्यालय दार्चुलाले आज एक सूचना जारी गर्दै प्राविधिक जाँचपछि मात्रै पुलमाथि आवतजावत गर्न आग्रह गरेको छ । “झोलुङ्गे पुलको भारततर्फ लठ्ठा भाँचिएको छ, पुलको मर्मतपछि मात्र आवागमन गर्न अनुरोध गरेका छौँ”, सहायक प्रमुख जिल्ला अधिकारी प्रदीपसिंह धामीले भने ।

यो नाकाबाट दैनिकरूपमा सयौँ स्थानीय आवातजावत गर्ने गर्दछन् । जिल्लाको महाकाली नगरपालिका, मालिकार्जुन, लेकम गाउँपालिकाका र शैल्यशिखर नगरपालिकाका अधिकांश बासिन्दा दैनिक उपभोग्य सामान किनमेलका लागि झोलुङ्गे पुलबाट भारतको बलुवाकोट जाने गरेका छन् । पुलमाथि आवतजावत बन्द भएपछि स्थानीयवासीलाई दैनिक उपभोग्य समान किन्न समस्या परेको स्थानीय नारद विष्टले जानकारी दिए ।

प्रकाशित मिति : २९ असार २०८०, शुक्रबार  १० : ३४ बजे

लप्सीको रुखबाट लडेर वैतेश्वरका तामाङको मृत्यु 

दोलखा– लप्सी टिप्ने क्रममा रुखबाट खसेर गम्भीर घाइते भएका दोलखाको

प्रभु बैंकका सीईओ अशोक शेरचन हाजिरी जमानीमा छुटे

काठमाडौं- गत १४ मंसिरमा पक्राउ परेका प्रभु बैंकका सीईओ अशोक शेरचन

शान्ति सैनिकको अदलीबदली

काठमाडौं- संयुक्त राष्ट्रसङ्घको आह्वानमा मध्य अफ्रिकी गणतन्त्रमा परिचालन भएको नेपाली

प्रधानमन्त्रीले प्रमुख दलका नेताहरूलाई बालुवाटार बोलाइन्

काठमाडौं- अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले आगामी २१ फागुनको निर्वाचन

पर्यटकको आकर्षक गन्तव्य बन्दै खाँचीकोट हिल स्टेसन

अर्घाखाँची- अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका-७ मा खाँचीकोटमा रहेको खाँचीकोट हिल