३४ वर्षपछि सप्तकोशीका पानीको बहाव उच्च, ब्यारेजका ५६ वटै ढोका खोलिए « Khabarhub

३४ वर्षपछि सप्तकोशीका पानीको बहाव उच्च, ब्यारेजका ५६ वटै ढोका खोलिए


२९ श्रावण २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

सप्तरी–  सुनसरीस्थित सप्तकोशी नदीमा पानीको बहाव यस वर्षकै उच्च मापन गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक नरेशकुमार सिंहका अनुसार पहाडी क्षेत्रमा लगातार भइरहेको वर्षाका कारण बाढी आएपछि कोशी ब्यारेजमा  पानीको बहाव उच्च भएको हो । पानीको बहाव उच्च भएपछि अहिले कोशी ब्यारेजका ५६ वटै ढोका खोलिएको जनाइएको छ ।

प्रहरी नायब उपरीक्षक सिंहले ब्यारेजमा खतराको सङ्केत स्वरुप रातो बत्ती बालिएको जानकारी दिँदै आज बिहान ४ बजे पानीको बहाव चार लाख ६२ हजार क्युसेक मापन भएको बताए । यद्यपि पानीको वहाव केही घट्दो क्रममा रहेको छ ।

सप्तकोशीमा सन् १९८९ मा चार लाख ७२ हजार क्युसेक मापन भएको थियो । आज बिहान चार बजे चार लाख ६२ हजार क्युसेक मापन गरिएको कोशी ब्यारेज कन्ट्रोलरुमले जनाएको छ । 

३४ वर्षपछि यस वर्ष कोशीमा पानीको बहाव उच्च देखिएको हो । पानीको बहाव उच्च भएपछि तल्लो तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन स्थानीय प्रशासनले आग्रह गरेको छ । 

प्रकाशित मिति : २९ श्रावण २०८०, सोमबार  ९ : २७ बजे

आजको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

झापामा पेट्रोलियम पदार्थको अभाव छैन : आयल निगम

झापा– चाडबाडका समयमा ग्यास तथा पेट्रोलियम पदार्थको कृत्रिम अभाव हुन

च्याम्पियन्स लिग : लिलमाथि आर्सनलको सहज जित

काठमाडौँ– यूईएफए च्याम्पियन्स लिग फुटबलमा आर्सनलले सहज जित निकालेको छ

सेवाग्राहीको भौतिक उपस्थिति बिना नै प्रशासनको सेवा

खोटाङ– जिल्ला प्रशासन कार्यालय खोटाङले सेवाग्राहीको भौतिक उपस्थिति बिना नै

विदेशमा जीवन, नेपालमा कलाकारिता : कलाकार जो वर्षौंपछि पर्दामा फर्किए

कुनै समय नेपाली फिल्मको पर्दामा लगातार देखिने कलाकार अहिले कहाँ