नारायणीमा पानीको बहाव बढेपछि गण्डक ब्यारेजका ३६ वटै ढोका खोलिए « Khabarhub

नारायणीमा पानीको बहाव बढेपछि गण्डक ब्यारेजका ३६ वटै ढोका खोलिए


२९ श्रावण २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


240
Shares
  • change font
  • change font
  • change font

चितवन– नारायणी नदीमा पानीको बहाव उच्च भएपछि नवलपरासीको त्रिवेणीस्थित गण्डक ब्यारेजका सबै ढोका खोलिएका छन्।

ब्यारेज क्षेत्रमा पानीको बहाव २ लाख ७३ हजार ६ सय क्युसेक पुगेपछि नेपाल र भारततर्फ रहेका ब्यारेजका ३६ वटै ढोका खोलिएको गण्डक ब्यारेजले जनाएको छ ।

ब्यारेजमा ३ लाख क्युसेकसम्म पानीको प्रवाहलाई खतराको सूचक मानिने भए पनि ब्यारेज पुरानो भईसकेकाले सतर्कता अपनाइएको बताइएको छ ।

नारायणगढ पुलमै पानीको सतहले खतराको तह पार गरेको छ । नारायणी पुलमुनि पानीको सतह ११ मिटर पुगेपछि चेतावनीको तह मान्ने गरिएकोमा पानीको सतह ११ दशमलव १५ मिटर पुगेको छ ।

नारायणीमा पानीको सतह निकै माथि पुगेपछि चितनव, नवलपुर र नवलपरासी जिल्ला प्रशासनले सूचना जारी गर्दै सचेत रहन आग्रह गरेका छन् ।

प्रकाशित मिति : २९ श्रावण २०८०, सोमबार  ९ : ३९ बजे

पेट्रोलको मूल्य २० रुपैयाँले घट्यो

काठमाडौँ । पेट्रोल प्रतिलिटर २० र डिजेलको मूल्य ३० रुपैयाँले

चिडियाखानामा बर्डफ्लु नियन्त्रणमा

ललितपुर । ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानामा गत असार ५ गते

सानेपाबाट कबाडी बोकेका १० ट्रक सशस्त्र प्रहरीको नियन्त्रणमा

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालले ललितपुरको सानेपाबाट कबाडी बोकेका

स्कुल बसले किच्दा ५ वर्षीया बालिका र सहचालकको मृत्यु

काठमाडौँ । सिरहा जिल्लाको लक्ष्मीपुरपतारी गाउँपालिका–२ पर्सास्थित भित्री सडकखण्डमा स्कुल

महान्यायाधिवक्ताको योग्यता विवादमा सर्वोच्चले झिकायो अध्यागमन रेकर्ड

काठमाडौं । महान्यायाधिवक्ता डा नारायणदत्त कँडेलको योग्यतासम्बन्धी रिटमा सर्वोच्च अदालतले