स्वास्थ्यमन्त्री बस्नेत र युएनका आवासीय संयोजकबीच भेटवार्ता « Khabarhub

स्वास्थ्यमन्त्री बस्नेत र युएनका आवासीय संयोजकबीच भेटवार्ता


२९ श्रावण २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेत र नेपालका लागि संयुक्त राष्ट्रसङ्घ (युएन) का आवासीय संयोजक हाना सिङ्गर–हाम्डीबीच शिष्टाचार भेटवार्ता भएको छ ।

स्वास्थ्य मन्त्रालयमा भएको भेटघाटका क्रममा नेपालको स्वास्थ्य क्षेत्रमा सरकार र युएनअन्तर्गतका निकायबीच समन्वय र सहकार्य गर्ने विषयमा छलफल भएको छ । स्वास्थ्यमन्त्री बस्नेतले अहिले सरकारले स्वास्थ्य क्षेत्रमा सहज पहुँच बिस्तारका नीति लिएको जनाउँदै आर्थिकरूपमा कमजोर नागरिकका लागि निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था गरिएको बताए ।

‘भूकम्प, विभिन्न प्राकृतिक प्रकोप, कोभिड महामारीलगायत समयमा युएनअन्तर्गतका निकायबाट भएको आर्थिक तथा प्राविधिक सहयोग प्रशंसनीय छ’, उनले भने, ‘स्वास्थ्य क्षेत्र सुधारका लागि सरकारले गरिरहेका कामसँग समन्वय गर्दै तादम्यता हुनेगरि थप सहयोगको अपेक्षा छ ।’

युएनका आवासीय संयोजक हाना सिङ्गर–हाम्डीले नेपालको कुन क्षेत्रमा कस्तो सहकार्य आवश्यक छ भनेर चाँडै छलफल गरी सोहीअनुसारका कार्यक्रम तय गर्ने विश्वास जनाइन्। ‘स्वास्थ्य मन्त्रालयको योजना र नीतिअनुसार कुन क्षेत्र र कस्ता विषयमा कार्यक्रम केन्द्रित गर्नुपर्ने हो भन्नेबारे चाँडै नै छलफल गरेर टुङ्ग्याउन सकिन्छ’, उनले भनिन्, ‘सङ्घीय सरकारसँगै प्रदेशसँग पनि हामीले कसरी सहकार्य गर्न सक्छौँ भन्नेबारे स्पष्टता आवश्यक छ ।’

नेपालले स्वास्थ्य क्षेत्रमा चाहिने सुधारका क्षेत्र पहिचान गर्नुपर्ने भन्दै संयोजक हाम्डीले सोहीअनुसार दातृ निकायले योजना तर्जुमा गर्ने बताए। युएनअन्तर्गतका निकायसँग नेपाल सरकारले कुनै पनि कामका लागि सहकार्य गर्न चाहेमा जानकारी गराउनुपर्ने जनाउँदै उनले त्यसमा सहजीकरण गर्दै अगाडि बढ्ने प्रतिबद्धता जनाए।

जवाफमा स्वास्थ्यमन्त्री बस्नेतले यो हप्ता आफू भारत भ्रमणमा रहने जानकारी दिँदै उक्त भ्रमणबाट फर्किएपछि सरोकारवाला निकायसँग छलफल गरी युएनअन्तर्गतका निकायसँग ‘कसरी समन्वय गर्न सकिन्छ’ भन्ने विषयमा कार्ययोजना तयार गरिने बताए।

प्रकाशित मिति : २९ श्रावण २०८०, सोमबार  २ : २१ बजे

अन्तर्राष्ट्रिय आपतकाल घोषित इबोलाको जोखिम नेपालमा कति ?

काठमाडौं- अफ्रिकी मुलुक प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा फैलिएको इबोला भाइरसको नयाँ

ओलीले नै बैठकमा प्रस्ताव गरे : अब पूर्वराष्ट्रपतिको सदस्यता नवीकरण गरिदिऊँ

काठमाडौं- आफूसँग प्रतिस्पर्धा गर्न आउने भएपछि पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीप्रति कठोर

प्रतिनिधिसभा : सुकुम्वासी समस्या समाधान गर्ने गरी बजेट ल्याउन माग

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले विसं २०४८ पछि १८ वटा

दुर्घटनाबाट सुरक्षित हुन हेल्मेटको प्रगोगसम्बन्धी कानुन बन्नुपर्नेमा जोड

काठमाडौं– सवारी दुर्घटनाबाट सुरक्षित हुन नियमित रूपमा हेल्मेटको प्रयोग गर्नुपर्ने

डुबेर बालिकाको मृत्यु

त्रिवेणी- नवलपरासी (बर्दघाट-सुस्ता-पूर्व) नवलपुरको गैँडाकोट नगरपालिका-४ स्थित जयश्री खोलाको भङ्गभङ्गे