गृह प्रशासनलाई व्यवस्थित र प्रभावकारी बनाउन गृहमन्त्रीको निर्देशन  | Khabarhub Khabarhub

गृह प्रशासनलाई व्यवस्थित र प्रभावकारी बनाउन गृहमन्त्रीको निर्देशन 


२९ श्रावण २०८०, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले गृह प्रशासनलाई व्यवस्थित, प्रभावकारी र परिणाममुखी बनाउन निर्देशन दिएका छन् ।

मन्त्रालयमा आज आयोजित वार्षिक समीक्षा कार्यक्रममा उनले गृह प्रशासनलाई सुधार र परिणाममुखी बनाउनुपर्ने बताए। सेवा प्रवाहमा सुधार ल्याउन विभिन्न कार्यदल गठन गर्ने तयारीमा मन्त्रालय जुटेको उनको भनाइ छ । 

उपप्रधानमन्त्री श्रेष्ठले समृद्धि हासिल गर्न हिजोकै कार्यपद्धति, कार्यशैली, संस्कृति र गतिमा काम गरेर नहुनेमा जोड दिँदै उनले कार्यशैली परिवर्तन गर्नुपर्ने बताए। सुशासन, समृद्धि र सामाजिक न्यायलाई प्राथमिकतामा राखेर सरकार अगाडि बढेको उल्लेख गर्दै उनले समृद्धिका लागि सरकारले सुशासनलाई पूर्वसर्त बनाएको बताए। ‘समृद्धि पर्याप्त भएन, अब क्रमभङ्ग गर्नुपर्छ, गुणात्मक फड्को मार्नुपर्छ’, उनले भने । 

मुलुकको अर्थतन्त्रलाई सही ‘ट्र्याक’मा ल्याएर मात्रै समृद्धिमा फड्को मार्न सकिनेमा सरकार दृढ रहेको उल्लेख गर्दै उपप्रधानमन्त्री श्रेष्ठले अर्थतन्त्रको सुधारसँगै समृद्धिको गति बढ्ने बताए । सुशासन कायम गर्न सरकार दृढताका साथ अगाडि बढेको बताउँदै उनले भ्रष्टाचार, ठगी, दण्डहीनता, आपराधीकरणविरुद्धको अभियानले विश्राम नपाउने जिकिर गरे । ‘निर्दोष नफसुन्, स्वतन्त्रतापूर्वक जीवनयापन गर्न सक्ने, अपराधी, भ्रष्टाचारी, तस्करीले छुट नपाओस् भन्ने गरी सरकारले काम अगाडि बढाएको छ’, उनले भने। 

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठले वार्षिकरूपमा तोकिएका कामका अतिरिक्त मन्त्रालयले सम्पादन गरेको अन्य कामबाट जनतामा आशा जागेको बताए । स्रोतको अभावका कारण सुरक्षा निकायको सुदृढीकरणमा समस्या आएका विषयलाई गम्भीररूपमा लिँदै उनले राजस्व र अन्य स्रोतको उपलब्धतामा सुधार भएपछि बजेटको व्यवस्था गर्न सकिने बताए । 

‘स्रोत सङ्कुचनका कारण यो वर्ष सिलिङ बढाउन सकिएन, चालु आवको दोस्रो छ महिनामा राजस्व र अन्य स्रोतको उपलब्धतामा सुधार हुने देखिन्छ, मन्त्रालयले तोकेका काम सकेर सुरक्षा निकायको सुदृढीकरणको योजना ल्याउन सके बजेट थप गर्न सकिन्छ’, उनले भने । 

आयोगका सहसचिव प्रकाश दाहालले समग्रमा मन्त्रालयको प्रगति राम्रो रहेको उल्लेख गर्दै सेवा प्रवाह, सुशासन प्रवर्द्धन गर्न मन्त्रालयले चालेका कदम स्वागतयोग्य भएको बताए। संवेदनशील मानिएका कार्यालयको पूँजीगत खर्च कम हुन निराशालाग्दो भएको उनको भनाइ छ ।

मन्त्रालयका सहसचिव रुद्रादेवी शर्माले वार्षिक प्रगति विवरण प्रस्तुत गर्दै बजेटका अभावका कारण सुरक्षा निकायको सुदृढीकरणमा समस्या देखिएको बताए। 

कार्यक्रममा गृह मन्त्रालयका सचिव दिनेशकुमार भट्टराई, प्रहरी महानिरीक्षक वसन्त कुँवर, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, विभिन्न विभाग तथा कार्यलयका प्रमुख, प्रतिनिधिको सहभागिता थियो । सो अवसरमा मातहतका कार्यालयका प्रमुख तथा प्रतिनिधिले वार्षिक प्रगति विवरण प्रस्तुत गरेका थिए ।

प्रकाशित मिति : २९ श्रावण २०८०, सोमबार  ५ : ४० बजे

बागमतीसहित यी प्रदेशमा ठूलो वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

महिला एसिया कप : आइतबार भारत र श्रीलंकाको फाइनल भिडन्त

काठमाडौं – एसिसी महिला एसिया कप क्रिकेटको फाइनलमा भारत र

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार सन्

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

आज २०८१ साल साउन १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार