सिरहाबाट लागूऔषधसहित दुई महिला पक्राउ | Khabarhub Khabarhub

सिरहाबाट लागूऔषधसहित दुई महिला पक्राउ


२९ श्रावण २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


591
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– सिरहा प्रहरीले प्रतिबन्धित लागूऔषधसहित दुई महिलालाई नियन्त्रणमा लिएको छ। 

सिरहा नगरपालिका १४ खिरौना लच्कास्थित माडर सिरहा सडक खण्डमा प्रहरी चौकी खिरौना सिरहाबाट खटिएको चेकिङ टोलीले यात्रु बाहक अटो रिक्सालाई चेकजाँच गर्दा सोहीमा सवार दुई महिलालाई लागूऔषधसहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।

पक्राउ पर्नेमा सप्तरीको खडक नगरपालिका ५ रन्जितपुर टोल बस्ने २५ वर्षीया निरा कुमारी चौधरी र सिरहा १७ खैरटोका बस्ने ३० वर्षीया नमिमा खातुन रहेको प्रवक्ता प्रहरी नायब उपरीक्षक रविन्द्र राज पाण्डेले जानकारी दिए।

निराले बोकेको ह्यण्ड ब्याग भित्र लुकाई छिपाई ल्याएको लागूऔषध नाइट्रोभेट १० लेखिएको २० पता, नेपाली रुपैयाँ २ हजार ८०५ र ३ थान मोबाइल बरामद गरिएको छ भने खातुनको साथबाट ३१ हजार ५ सय रुपैयाँ र १ थान मोबाइल बरामद गरिएको प्रहरीले जनाएका छन्। यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रकाशित मिति : २९ श्रावण २०८०, सोमबार  ६ : ५० बजे

भारतविरुद्ध इंग्ल्यान्डको रोमाञ्चक जित, सिरिजमा २–१ को अग्रता

लन्डन– भारतविरुद्धको टेस्ट सिरिजमा इंग्ल्यान्डले दोस्रो जित निकालेको छ ।

पाकिस्तानमा मनसुनको प्रकोपः १११ जनाको मृत्यु, थप वर्षाको चेतावनी

इस्लामाबाद – पाकिस्तानमा जून अन्त्यदेखि सुरु भएको मनसुन वर्षाले अहिलेसम्म

बबई नदीमा नुहाउने क्रममा बेपत्ता भएका दुई जनाको शव भेटियो

दाङ – बबई नदीमा नुहाउने क्रममा आज दिउँसो डुबेर बेपत्ता

माडीमा रेबिजको सङ्क्रमण बढ्दो

चितवन – चितवन को माडी नगरपालिकामा रेबिजको सङ्क्रमण बढेको छ

बीमा प्राधिकरणका अध्यक्ष ओझा निलम्बित, छानबिन गर्न समिति गठन

काठमाडौं – बिमा प्राधिकरणका अध्यक्ष शरद ओझा पदबाट निलम्बित भएका