चाया-पोतोको समस्या र रोकथामका उपाय « Khabarhub

चाया-पोतोको समस्या र रोकथामका उपाय


२८ भाद्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

हामी सबैलाई राम्रो हुन मन लाग्छ। सबैले आफ्नो छाला राम्रो बनाउन बजारमा पाइने विभिन्न सौन्दर्य सामग्रीको प्रयोग गर्छौँ। कतिपयसामान र औषधिले काम गर्दछ त कतिपय उपायले राम्रो बनाउनको साटो उल्टै समस्या बढाउँछ। अनुहारमा आउने पोतोले मानिसको सौन्दर्य नै बिगार्छ। कालोपोतोको कारण कतिपय मानिस मानसिक समस्यामासमेत पर्ने गर्छन्। गाला, आँखाको छेउछाउ देखिने पोतोले मानिसको मनोबल नै कमजोर बनाइदिन्छ। धेरै कारणले अनुहारमा चाया र पोतो आउने गर्छ। घामको कारणले र घामबाट आउने किरणको कारणले हाम्रो छाला कालो बनाउँछ। हाम्रो छालाको उचित तरिकाले कसरी हेरचाह गर्ने ? कस्तो सामानको प्रयोगले कालो पोतो आउने हो ? यसको रोकथामका उपाय के कस्ता छन् ? यसै विषयमा आधारित रहेर खबरहबका लागि छाला रोग विशेषज्ञ डा. अनुपमा कार्कीसँग गरिएको कुराकानीको सम्पादित अंश :

अनुहारमा के कारणले चाया र पोतो आउछ ?
अनुहारमा चाया र पोतो आउने कारणहरु धेरै छन्। जसमा कसैको पेटसम्बन्धी रोग भएमा,अनिन्द्राको समस्यामा भएमा, घाममा बढी बस्ने व्यक्तिमा यो समस्या हुनसक्छ। कलेजो सम्बन्धी रोग लागेमा, पानी कम पिउने बानी भएमा, गुणस्तरहीन सौन्दर्य सामग्री प्रयोग गरेमा, विद्युतीय उज्यालोमा धेरै समयमा बसेमा, अस्वस्थकर खाना खानाले पनि अनुहारमा चाया पोतोको समस्या आउछ।

यो समस्या विषेशगरी कुन उमेर समूहमा धेरै देखिएको छ ?
चायापोतो विशेषगरी ३० वर्षमाथिका महिलामा बढी देखिएको छ। जुन महिला बढी घाममा काम गर्ने, घाममा हिँड्ने गर्छन्, जसले घामबाट बच्ने क्रिम प्रयोग गर्दैनन्। त्यस्ता महिलामा बढी समस्या देखिने गरेको छ। गर्भवती भएपछि चायापोतो आउने सामान्य कुरा हो। अहिले १७, १८ वर्षका युवतीमा पनि चायापोतोको समस्या देखिने गरेको छ। कसैलाई वंशाणुगत पनि यस्ता समस्या देखिने गरेका छन्। परिवारका कुनै एक सदस्यको चायापोतो छ भने अरुलाई पनि हुने सम्भावना रहन्छ।

जथावाभी कस्मेटिक प्रयोग गर्दा अनुहारमा कस्तो समस्या देखापर्छ ?
अहिले बजारमा विभिन्न प्रकारका क्रिम पाइन्छन्। कसैको सल्लाह बिनानै धेरै प्रकारका क्रिम प्रयोग गरेको पाइन्छ। कुनै एक जनालाई राम्रो गरेको क्रिम अरुले पनि प्रयोग गरेको देखिन्छ। कुनै महिलाको अनुहार बिग्रियो भने एकदमै चिन्ता हुन्छ। कुनै सनब्लक क्रिम, गोरोपना आउनेक्रिम प्रयोग गर्नुभन्दा पहिले छाला रोग विशेषज्ञलाई देखाएर मात्र प्रयोग गर्नुपर्छ। बजारमा पाइने क्रिमले क्षणिक समयको लागि राम्रो भए पनि पछि छाला पातलो हुने, पोल्ने, दाग वा धब्बा आउने, रौ आउने जस्ता समस्या देखा पर्छन्।

सावधानीका लागि के गर्ने ?
सावधानीका लागि घाममा हिँड्नु भन्दा अगाडि सधै सनब्लक क्रिमको प्रयोग गनुपर्छ। सनब्लक क्रिम दिनमा तीन पटक बिहान उठ्ने बित्तिकै, घरबाट बाहिर निस्कने बेला र दिउँसो एकपटक सनब्लक लगाउनुपर्छ। १० देखि ३ बजेसम्मको घाम एकदमै चर्को हुन्छ, त्यो बेला घरबाहिर निस्कदा सनब्लक लगाउने, छाता ओढ्ने गर्नुपर्छ। गर्मीमा पौडी खेल्दा हाई एसपिएफको क्रिम लगाउनुपर्छ। बेलुका राम्रोसँग मुख धोएर मोस्चराइजर लगाउँदा पनि चायापोतो आउन पाउँदैन। बाहिरी या भित्री तह कहाँ चायापोतो आएको हो बुझेर औषधि लगाउनुपर्छ। यो औषधि लगाएको तीनदेखि चार महिनापछि मात्र केही मात्रामा हराउने गर्छ। चायापोतो पूर्ण रुपमा निको हुन गाह्रो छ। तर, यसलाई केही कम गर्न सकिन्छ। यसको लागि दैनिक सनब्लकको प्रयोग गर्ने, घाममा कम हिँड्ने र छालाको हेरचाहमा ध्यान दिने गर्नुपर्छ।

अनुहारमा चाया र पोतोको उपचार खर्च कति लाग्छ ?
सामान्यतया त्यति धेरै खर्चिलो पनि छैन, केही परीक्षण गर्नुपरेमा मात्र खर्च लाग्ने हो। डाक्टरको सल्लाहमा दाग हराउने खालको क्रिम प्रयोग गनुपर्छ। त्यति खर्चिलो छैन। प्राय सबैको पहुँचमा रहेको छ। दाग फिका बनाउने क्रिम, चायापोतो हेरेर छालारोग विशेषज्ञको सल्लाहमा मात्र प्रयोग गर्नुपर्छ। चायापोतो कस्तो अवस्थामा छ, कति रेन्जमा छ हेरेर मात्र औषधि दिइन्छ। सुरुको फेजमा हामीले उपचार गर्छौ, त्यसको लागि दुईदेखि चार महिना लाग्छ। त्यसपछि मेन्टेनेन्स थेरापी गर्न लामो समय लाग्छ।

अनुहारमा कुनै पनि समस्या नआओस् भनेर के के कुरामा ध्यान दिने ?
यसको लागि सधै घाममा निस्कनु भन्दा पहिले र दिनमा तीन पटक सनब्लक प्रयोग गर्नुपर्छ। घाममा निस्किदा कालो छाता ओढेर निस्कने गर्नुपर्छ। स्विमिङ गर्दा, ट्रेकिङ गर्दा बढी एसपिएफको सनब्लक लगाउने गर्नुपर्छ। यो बाहेक डाइटमा पनि ध्यान दिनुपर्छ। पानी धेरै खाने, एन्टिअक्डिेन्ट फुडले पनि दाग हराउन सहयोग गर्छ। छालामा केही समस्या आयो भने आफैले किनेर केही औषधि प्रयोग गर्नु हुँदैन।

प्रकाशित मिति : २८ भाद्र २०८०, बिहीबार  ७ : ०८ बजे

सिधा सडकले जोडियो ढोरपाटन–तकसेरा

बागलुङ– बागलुङको ढोरपाटन र पूर्वी रुकुमको तकसेरा गाउँ सिधा सडक

हिजबुल्लाहको रकेट आक्रमणपछि इजरायलले गर्‍यो बेरुतमा बमबारी

काठमाडौं – इजरायलको उत्तरी क्षेत्र हाइफा नजिकै रहेको सैन्य अखडामा

‘लालिमा’को ट्रेलर सार्वजनिक, २४ घण्टा नबित्दै ट्रेन्डिङमा

काठमाडौं – चुनावका कारण फिल्मी गतिविधि शून्यप्रायः रहेका बेला फिल्म

भारत सरकारबाट नेपाललाई ३० थान ‘वान टन’ सवारी हस्तान्तरण

वीरगञ्ज– भारत सरकारले प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरी नेपाललाई ३०

आगलागीका घटनामा वृद्धि, सावधानी अपनाउन प्राधिकरणको आग्रह

काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण प्राधिकरणले यही फागुन १६ गते