चरन क्षेत्रको अभावले भेडापालन व्यवसाय सङ्कटमा « Khabarhub

चरन क्षेत्रको अभावले भेडापालन व्यवसाय सङ्कटमा


२८ भाद्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

भोजपुर– भेडापालन व्यवसायबाट मनग्य आम्दानी हुने भए पनि चरन क्षेत्रका कारण भोजपुरका किसान चिन्तामा परेका छन् । भेडापालनका लागि प्रशस्त चरन क्षेत्र चाहिन्छ । यहाँ यसको अभाव भएको छ । सामुदायिक वनले भेडा चराउन नदिएपछि समस्या भएको किसान बताउँछन् ।

चरन क्षेत्रको अभावले व्यवसाय नै सङ्कटमा परेको भेडापालक कृषक गोविन्द बस्नेतले बताए । चरन क्षेत्रको अभावका कारण भेडा पाल्न सक्ने अवस्था नभएपछि व्यवसाय नै छाड्नुपर्ने अवस्था सिर्जना भएको उनको भनाइ छ ।

‘चरन क्षेत्रको अभाव छ, व्यवसाय सङ्कटमा पर्दै गयो’, बस्नेतले भने, ‘सामुदायिक वनलाई शुल्क तिरेर भेडा चराउनु पर्छ । त्यही पनि सहजरुपमा पाइँदैन ।’

बर्खाको समयमा माथिल्लो भेगमा गोठ लैजाने भएकाले केही सहज भए पनि हिउँदको समयमा भने धेरै समस्या हुने गरेको उनको छ । लेकाली भेगमा गोठ लैजाँदा डाँडा पाखामा चराउन सहज नै भए पनि तल्लो भेगमा झारेपछि भेडा बचाउन नै कठिन हुने बस्नेतले बताए ।

‘यो व्यवसायबाट आम्दानी त राम्रै हुन्छ’, उनले भने, ‘तर मुख्य समस्या नै चरनको छ । बर्खाको समयमा त जसो तसो लेकतिर लगेर पाल्छौँ । हिउँदको समयमा तल्लो भेगमा झार्नुपर्ने भएकाले चरन क्षेत्रको समस्या छ ।’

भेडाको घ्यूसँगै मासुको बजारमा माग छ । त्यस्तै भेडा, ऊन, घ्यु, मही, छुर्पीलगायत विक्रीबाट मनग्य आम्दानी हुने भएपनि चरन क्षेत्रको कारण भेडा पाल्न चुनौती रहेको किसान बताउँछन् । ऊनबाट बन्ने राडी, पाखी, लुकुनी लगायत पनि किसानको आम्दानीको श्रोतको रुपमा रहेको छ ।

आम्दानी पर्याप्त हुने भएपनि भेडापालन व्यवसायमा चरन क्षेत्रसँगै अन्य धेरै समस्या रहेको भेडापालक किसान मिडु शेर्पाको भनाइ छ । यस्तै बाघ, भालु तथा कुकुरले पनि भेडा मार्ने समस्या छ । भेडामा देखिने विभिन्न रोगका कारण पनि समस्या हुने गरेको छ । भेडामा धक्ने, छेर्ने, ढाडिनेलगायत रोग देखिने गरेको छ ।

चरन क्षेत्रमा सामुदायिक वनले महङ्गो शुल्क लिने गरेका छन् । चराए बापत एकजनाले वार्षिक एक हजारदेखि पाँच हजारसम्म शुल्क तिर्नुपर्ने हुन्छ । चरन क्षेत्रको अभावले कतिपय व्यवसाय नै छाड्न बाध्य छन् । राज्यले भेडापालन गर्न सहज वातावरण बनाउन किसानको माग छ ।

‘हामीले पुर्खौली पेसालाई निरन्तरता दिँदै आएका छौँ । चरन क्षेत्रलगायत कारण धेरैले व्यवसाय छाड्दै गएका छन्’, किसान शेरबहादुर कठेतले भने ।

मैयुङडाँडा क्षेत्रमा २८ भन्दा बढी व्यावसायिक भेडीगोठ छन् । सरकारले भेडापालक कृषकलाई आवश्यक प्रोत्साहनका कार्यक्रमसँगै निःशुल्क पशु बीमा गरिदिए सहज हुने किसान बताउँछन् ।

प्रकाशित मिति : २८ भाद्र २०८०, बिहीबार  १० : ०६ बजे

भारतीय राजदूत र मन्त्री मेहताबीच छलफल, स्वास्थ्य क्षेत्रमा सहकार्यबारे कुराकानी

काठमाडौं– स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहता र नेपालका लागि भारतका

म एक्लो छैन, जनमत परीक्षण गर्नुस् : महावीर पुन

काठमाडौं- स्वतन्त्र सांसद महावीर पुनले आफूलाई पाँच मिनेट समय दिएकोमा

मानवीय संवेदनामाथि डोजर चलाएर विकास हुँदैन : ज्ञानेन्द्र शाही

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले सरकार

गरिब बिना देश चल्छ ? : हर्क साम्पाङ

काठमाडौं- श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले गरिबलाई लखेटेर कहीँ

बादलले सेनाको विरोध गर्दा प्रतिकार उत्रिए रास्वपा र राप्रपा

काठमाडौं- नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापा बादलले मंगलबार