प्यालेस्टाइनी शरणार्थी शिविरमा भीषण लडाइँ हुँदा ६ जनाको मृत्यु « Khabarhub

प्यालेस्टाइनी शरणार्थी शिविरमा भीषण लडाइँ हुँदा ६ जनाको मृत्यु


२८ भाद्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


207
Shares
  • change font
  • change font
  • change font

बेरुत- लेबनानको सबैभन्दा ठूलो प्यालेस्टाइनी शिविरमा भएको झडपमा कम्तीमा छ जनाको मृत्यु भएको छ । घटनामा अरु एक दर्जनभन्दा बढी गम्भीर घाइते भएका छन् ।

दक्षिणी बन्दरगाह शहर सिडोनको बाहिरी इलाकामा रहेको आइन अल–हिल्वेह शरणार्थी शिविरमा फताह आन्दोलनका सदस्य र सशस्त्र लडाकु समूहबीचको झडप अघिल्लो सातादेखि भइरहेकामा बुधबार त्यसले घातक रुप लिएको अल जजिराले जनाएको छ ।

प्यालेस्टाइनी शरणार्थीहरूको लागि संयुक्त राष्ट्रसङ्घीय राहत निकाय युएनआरडब्ल्युएका अनुसार द्वन्द्वले सयौँ विस्थापित भएका छन् । धेरैले स्थानीय मस्जिद, विद्यालय र सिडोन नगरपालिका भवनमा शरण लिएका छन् ।

करिब एक हजार दुई सय जनालाई नजिकैका विद्यालयमा सारिएको छ । संयुक्त राष्ट्रसङ्घकाअनुसार लेबनानमा व्यवस्थापन गरिएका १२ शरणार्थी शिविरमध्ये आइन अल–हिल्वेहमा ५५ हजार शरणार्थी छन् ।

प्रकाशित मिति : २८ भाद्र २०८०, बिहीबार  ३ : १० बजे

राप्ती र नारायणीमा भेटिए नौ भाले घडियाल

नवलपुर– चितवन राष्ट्रिय निकुञ्ज भएर बग्ने राप्ती र नारायणी नदीमा

गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य संकटको जोखिममा

एजेन्सी – संयुक्त राष्ट्र महासचिव एन्टोनियो गुटेरेसले गाजा क्षेत्रमा करिब

गुल्मीका सरकारी कार्यालयमा जनशक्ति अभाव

गुल्मी– राष्ट्रिय सतर्कता केन्द्रले जिल्लामा अधिकांश सरकारी कार्यालयको सेवा प्रवाह

कोरला सीमामा नेपाल–चीन संयुक्त सुरक्षा गस्ती

मुस्ताङ– उत्तरी चीनको स्वशासित क्षेत्र तिब्बतसँग सीमाना जोडिएको (नेपाल–चीन) उत्तरी

चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने

काठमाडौं– सार्वजनिक निजी साझेदारीमार्फत चितवनको शक्तिखोर औद्योगिक क्षेत्र निर्माण एवम्