प्यालेस्टाइनी शरणार्थी शिविरमा भीषण लडाइँ हुँदा ६ जनाको मृत्यु « Khabarhub

प्यालेस्टाइनी शरणार्थी शिविरमा भीषण लडाइँ हुँदा ६ जनाको मृत्यु


२८ भाद्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


207
Shares
  • change font
  • change font
  • change font

बेरुत- लेबनानको सबैभन्दा ठूलो प्यालेस्टाइनी शिविरमा भएको झडपमा कम्तीमा छ जनाको मृत्यु भएको छ । घटनामा अरु एक दर्जनभन्दा बढी गम्भीर घाइते भएका छन् ।

दक्षिणी बन्दरगाह शहर सिडोनको बाहिरी इलाकामा रहेको आइन अल–हिल्वेह शरणार्थी शिविरमा फताह आन्दोलनका सदस्य र सशस्त्र लडाकु समूहबीचको झडप अघिल्लो सातादेखि भइरहेकामा बुधबार त्यसले घातक रुप लिएको अल जजिराले जनाएको छ ।

प्यालेस्टाइनी शरणार्थीहरूको लागि संयुक्त राष्ट्रसङ्घीय राहत निकाय युएनआरडब्ल्युएका अनुसार द्वन्द्वले सयौँ विस्थापित भएका छन् । धेरैले स्थानीय मस्जिद, विद्यालय र सिडोन नगरपालिका भवनमा शरण लिएका छन् ।

करिब एक हजार दुई सय जनालाई नजिकैका विद्यालयमा सारिएको छ । संयुक्त राष्ट्रसङ्घकाअनुसार लेबनानमा व्यवस्थापन गरिएका १२ शरणार्थी शिविरमध्ये आइन अल–हिल्वेहमा ५५ हजार शरणार्थी छन् ।

प्रकाशित मिति : २८ भाद्र २०८०, बिहीबार  ३ : १० बजे

फिलिपिन्सको विद्यालयमा गोली चल्दा दुईको मृत्यु

मनिला– दक्षिणी फिलिपिन्सको एक निजी विद्यालयमा मङ्गलबार गोली चल्दा दुई

इन्फान्टिनोको आलोचना गरेको तीन सातामै फिफाका उच्च अधिकारी बर्खास्त

काठमाडौं- विश्व फुटबल महासंघ (फिफा) का प्रमुख सञ्चालन अधिकृत (सीओओ)

 प्रतिनिधिसभा : विद्युतीय चुलो प्रवर्द्धनमा जोड

काठमाडौं– आजको प्रतिनिधिसभा बैठकमा सांसदहरूले सरकारलाई विद्युतीय चुलो प्रवर्द्धनमा जोड

अर्धमासिक तलब भुक्तानी गर्न परिपत्र

काठमाडौं– महालेखा नियन्त्रक कार्यालयले राष्ट्रसेवक कर्मचारीको तलब भत्ता अर्धमासिक रुपमा

प्रधानमन्त्रीसँग गण्डकीका मुख्यमन्त्रीको भेट, सङ्घीयता कार्यान्वयनका चुनौतीबारे छलफल

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहसँग गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले भेट