भियतनाममा पहिरो जाँदा ५ जनाको मृत्यु « Khabarhub

भियतनाममा पहिरो जाँदा ५ जनाको मृत्यु


२८ भाद्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

हनोइ- उत्तरी भियतनाममा आएको बाढीसँगै पहिरो जाँदा पाँच जनाको मृत्यु भएको छ । घटनामा अरु चार जना बेपत्ता भएका छन् ।

भियतनामको उत्तरी पहाडी क्षेत्रमा पर्ने लाओ काइ प्रान्तमा १३ वटा घर भत्किएको, एक सय ५० हेक्टर कृषि उत्पादन र ६१ मत्स्यपालन केन्द्र नष्ट भएका प्राकृतिक प्रकोप रोकथाम तथा नियन्त्रणका लागि राष्ट्रिय सञ्चालन समितिले बिहीबार जनाएको छ ।

सोही प्रान्तको सापा नगरको पर्यटकीय स्थलमा ‘प्राकृतिक प्रकोप आपत्काल’ घोषणा गरिएको छ । लाओ काइ प्रान्तमा मात्र एक करोड अमेरिकी डलरभन्दा बढीको क्षति भएको अनुमान गरिएकोछ । यसैगरी हागियाङ र येन बाई प्रान्तका नौ घर पुरिएका तथा ३० हेक्टर धान र सागसब्जी खेती डुबानमा परेका छन् ।

मौसम विज्ञान विभागले आगामी दिनमा अझै पानी पर्ने सम्भावना रहेको तथा बाढीपहिरोमा पर्न सकिने बताउँदै सचेत रहन तटीय क्षेत्रका बासिन्दालाई अनुरोध गरेको छ । बाढीपहिरो प्रभावितहरूलाई सुरक्षित स्थानमा स्थानान्तरगा गर्न तथा जनताका सम्पत्तिको संरक्षण गर्न राष्ट्रिय सेनालाई निर्देशन दिइएको छ ।

भियतानामको तथ्याङ्क कार्यालयका अनुसार यस वर्षको पहिलो आठ महिनामा प्राकृतिक प्रकोपका कारण ७९ जनाको मृत्यु भएको छ भने ९१ जना घाइते भएका छन् ।

यो अवधिमा आठ करोड २० लाख अमेरिकी डलरभन्दा बढीको भौतिक सम्पत्ति नाश भएको छ । अघिल्लो वर्षको तुलनामा यो आर्थिक नोक्सानी ६४.८ प्रतिशतले कम हो ।

प्रकाशित मिति : २८ भाद्र २०८०, बिहीबार  ५ : २० बजे

भेपमा सुन तस्करी : पूर्वसभामुख महरा र छोरा राहुल मुख्य योजनाकार, कर्मचारीदेखि व्यापारीसम्मलाई मुद्दा

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विद्युतीय चुरोट (भेप) भित्र लुकाएर

भक्तपुरमा विस्केट विशेष मौलिक सांस्कृतिक कार्यक्रमको आयोजना

काठमाडौं– विस्केट जात्राको पूर्वसन्ध्यामा भक्तपुरमा विस्केट विशेष मौलिक सांस्कृतिक कार्यक्रमको

दीपक साहलाई हटाएपछि प्रधानमन्त्रीले सम्हाले श्रममन्त्रीको जिम्मेवारी 

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको

कांग्रेस संसदीय दलको नेता आङ्देम्बे कि आचार्य ?

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकार गठनसँगै प्रतिनिधि सभाले पाँच

राष्ट्र सेवामा समर्पित हुनुस् : प्रधानमन्त्री शाह

भक्तपुर– प्रधानमन्त्री बालेन्द्र शाहले नेपाली सेनाका नवआयुक्त अधिकृतहरूलाई कर्तव्यनिष्ठ, अनुशासित