प्रधानमन्त्रीद्वारा एसियाली खेलकुदमा सहभागी हुने खेलाडीको बिदाइ « Khabarhub

प्रधानमन्त्रीद्वारा एसियाली खेलकुदमा सहभागी हुने खेलाडीको बिदाइ


२८ भाद्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –प्रधानमन्त्री पुष्पकमल दाहालले १९औं एसियाडमा सहभागी हुने नेपाली खेलाडीलाई बिदाइ गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार आयोजित एक समारोहबीच प्रधानमन्त्री दाहालले खेलाडीलाई बिदाइ गरेका हुन्।

आगामी सेप्टेम्बर २३ देखि चीनको हानझाओ शहरमा हुने १९औं एसियाडमा कुल २९ खेलमा नेपालका दुई सय ५३ खेलाडीले चुनौती प्रस्तुत गर्दैछन्।

एसियाडमा सहभागी हुने ८ खेलका खेलाडी वैदेशिक प्रशिक्षण र दुई खेलका खेलाडी उपत्यकाबाहिर प्रशिक्षणमा रहेकाले १९ खेलका खेलाडीको मात्र बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहालले बिदाइ गरेका हुन्।

प्रकाशित मिति : २८ भाद्र २०८०, बिहीबार  ८ : १६ बजे

मन्त्रिपरिषद्का निर्णय : नर्वेबाट १० करोड अनुदानदेखि सचिवको पदस्थापनसम्म

काठमाडौँ- सरकारले नगरपालिकामा स्वच्छ ऊर्जा रूपान्तरण प्रवर्द्धन गर्ने कार्यक्रमका लागि नर्वेजियन

निर्माण क्षेत्रको मूल्य समायोजन लागू गर्ने सरकारको निर्णय, इन्धनदेखि डण्डीसम्म समेटिने

काठमाडौँ – सरकारले निर्माण क्षेत्रमा देखिएको अस्वाभाविक मूल्यवृद्धिलाई सम्बोधन गर्न

अत्यधिक गर्मीले गर्भवती र नवजात शिशु जोखिममा

नाडी – जलवायु परिवर्तनका कारण बढ्दै गएको अत्यधिक गर्मीले गर्भवती महिला

यी हुन् मन्त्रिपरिषद् बैठकका मुख्य ५ निर्णयहरू

काडमाडौं– सरकारले सोमबार गरेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरेको छ

एकैदिन रिलिज भएका तीन नेपाली फिल्मले कति कमाए ?

काठमाडौं– गत असोज ९ गते शुक्रबार प्रदर्शनमा  एकैपटक तीन नेपाली