कतारमा ‘रमाइलो तीज धमाका’ हुँदै « Khabarhub

कतारमा ‘रमाइलो तीज धमाका’ हुँदै


२८ भाद्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

दोहा – हिन्दू नारीहरूको महान पर्व हरितालिका तीजको अवसरमा कतारमा आयोजना हुन लागेको ‘रमाइलो तीज धमाका’को तयारी पूरा भएको छ । उक्त कार्यक्रम ५७ वटा संघसंस्थाको आयोजनामा हुन लागेको हो ।

नेपाली महिला समाजको चहाना, एकता र सहयोगको बिशुद्ध सामाजिक भावना भन्ने मुल नाराको साथ हुन् लागेको रमाइलो बृहत् तीज सांस्कृतिक कार्यक्रमको तयारी पूरा भएको नेपाली महिला समाज कतारकी अध्यक्ष सरिता भण्डारी पौडेलले जानकारी दिईन ।

नेपाली महिला समाज कतार , गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारको महिला बिभाग एवं दोहा कतारमा स्थापित बिभिन्न संघ(संस्थाहरुको संयुक्त आयोजनामा नेपालीहरुको महान पर्व ूतीजझझ को अवसरमा शुक्रबार आयोजना हुने कार्यक्रम उपस्थित हुन् सबैलाई बिशेष गरी महिला दिदीबहिनीहरुलाई अनुरोध गरिएको अध्यक्ष भण्डारी पौडेलले बताईन।

कार्यक्रममा दर ख्वाउनुका साथै शुभकामना आदान–प्रदान तथा श्रमिक सचेतनामुलक कार्यक्रम पनि रहेको उनले बताईन । कार्यक्रम आयोजक संस्थाका लागि दुई सय कतारी रियाल तोकिएको छ। महिलाका लागि प्रवेश निःशुल्क व्यवस्था गरिएको छ भने आयोजक संस्थाको प्रतिनिधि बाहेक दुई वटा पास उपलब्ध गराइने बताईएको छ ।

पुरुषका लागि प्रवेश शुल्क २५ रियाल तोकिएको छ । कार्यक्रम अल थुमामास्थित एथ्लेन स्पोर्ट्स क्लबको इभेन्टस हलमा शुक्रबार बिहान ११ बजेबाट शुरु हुनेछ । कार्यक्रममा महिलाहरुका लागि निशुल्क यातायात व्यवस्था पनि गरिएको एनआरएनए कतारका द्वितीय उपाध्यक्ष केश कार्कीले जानकारी दिए ।

प्रकाशित मिति : २८ भाद्र २०८०, बिहीबार  ९ : ३३ बजे

५ जिल्लाका नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन गृहमन्त्रालयको आग्रह

काठमाडौँ– रसुवाको भोटेकोशीमा भीषण बाढी आएपछि गृह मन्त्रालयले ५ जिल्लाका

रसुवाको बाढीमा सशस्त्र प्रहरीका इन्स्पेक्टरसहित ९ जना सम्पर्कविहीन

काठमाडौं– रसुवाको टिमुरे बजारमा बुधबार बिहान आएको आकस्मिक बाढीमा सशस्त्र

रसुवामा तिब्बततर्फबाट भीषण बाढी, बेत्रावती र त्रिशूली बजारका घर र पुल बगायो, पाँच जिल्लामा उच्च सतर्कता

काठमाडौं– रसुवाको भोटेकोशी नदीमा तिब्बततर्फबाट आएको ठूलो बाढीपछि त्रिशूली नदीको

भोटेकोसीमा एक्कासी बाढी आएपछि गृहमन्त्रीको उपस्थितिमा आकस्मिक बैठक जारी

काठमाडौँ– रसुवाको भोटेकोसी नदीमा एक्कासी भीषण बाढी आएपछि बाढीको अवस्थाबारे

भोटेकोसी बाढीका प्रत्यक्षदर्शी भन्छन्- अचानक हुरी, धुलो र लेदोसहित उर्लिएर सबै छोप्यो

काठमाडौं– रसुवाको टिमुरे क्षेत्रमा बुधबार चीनतर्फबाट ल्हेन्दे खोलो हुँदै भोटेकोसीमा