पाकिस्तानका प्रथम सिख पत्रकारलाई जागिरबाट हटाइयो « Khabarhub

पाकिस्तानका प्रथम सिख पत्रकारलाई जागिरबाट हटाइयो


२८ भाद्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

इस्लामावाद- पाकिस्तानका प्रथम सिख पत्रकार तथा प्रस्तोता हरमीत सिंहलाई हालै सार्वजनिक टेलिभिजनले जागिरबाट बर्खास्त गरेको छ ।

पाकिस्तान पिपुल्स पार्टी (पीपीपी) की नेतृ तथा पूर्वमन्त्री शाजिया अट्टा मारीले राष्ट्रिय जवाफदेहिता ब्युरो (एनएबी) ले छापा मारी उनको साथबाट ९७ अर्ब पाकिस्तानी रुपैयाँ बरामद गरेको भनी गलत समाचार फैलाएको आरोप लगाएपछि हरमीतलाई बर्खास्त गरिएको थियो ।

पाकिस्तानको पहिलो सिख पत्रकारका रूपमा आफ्नो पहिचान बनाएका हरमीत सिंहका अनुसार गत हप्ता उनले आफ्नो एक्स (पूर्व ट्वीटर) ह्यान्डलमा एनएबीले शाजिया अट्टा मारीको घरमा छापा मारेको र उनको साथबाट ९७ अर्ब पाकिस्तानी रुपैयाँ बरामद गरेको एउटा समाचार सार्वजनिक गरेका थिए । उक्त समाचार झुट्टो भएको थाहा पाएपछि पेजबाट समाचार हटाएर सम्बन्धित व्यक्तिसँग माफि मागेका थिए ।

हरमीत सिंह नामक युट्युब च्यानल चलाउने सिंहले उक्त समाचार फेक भएको थाहा पाएपछि ट्वीट डिलिट गरेर शाजिया मारीसँग आफ्नो गल्ती स्वीकार गर्दै लिखित माफी मागेको बताएका छन् ।

शाजियाले उनीविरूद्ध मानहानिको मुद्दामा राजनीतिक शक्तिको दुरूपयोग गर्दै १० अर्बको क्षतिपूर्तिको माग गरी औपचारिक सूचनामा जारी गरेकी थिइन् ।

उनलाई जागिरबाट बर्खास्त गर्न टिभीलाई निर्देशन दिँदै हरमीतलाई नहटाए सबै सरकारी विज्ञापन रोकिने र च्यानलको लाइसेन्स रद्द गर्ने चेतावनी दिइएको थियो ।

प्रकाशित मिति : २८ भाद्र २०८०, बिहीबार  १ : ४२ बजे

हुम्लामा कांग्रेसको गाउँ अधिवेशन सम्पन्न

हुम्ला– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत हुम्लाका सातवटै गाउँपालिकाको अधिवेशन सम्पन्न

भोटेकोशी बाढीको एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी

काठमाडौँ– रसुवाको भोटेकोशी नदीमा अकस्मात् बाढी गएको एक महिना भएको

खुम्बु क्षेत्रमा हिमपात,सात विदेशी पर्यटकको उद्धार

सोलुखुम्बु- सोलुखुम्बुको खुम्बु क्षेत्रमा भारी हिमपात भएपछि उच्च हिमाली क्षेत्रमा

झापामा ‘ड्रोन’बाट बाढीको जोखिम निगरानी

झापा– बङ्गालको खाडीबाट अगाडि बढिरहेको वर्षा प्रणालीका कारण बाढी तथा

बाढी पसेपछि सुस्तावासी समस्यामा

नवलपरासी– निरन्तरको वर्षाले पश्चिम नवलपरासीको सुस्तामा नारायणी नदीको बाढी बस्तीमा