मनाङ एयरको हेलिकप्टर दुर्घटना, पाइलट सेढाइँ घाइते « Khabarhub

मनाङ एयरको हेलिकप्टर दुर्घटना, पाइलट सेढाइँ घाइते


२७ आश्विन २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– मनाङ एयरको हेलिकप्टर दुर्घटना भएको छ। रुम्झाटारबाट सोलुखुम्बुको लोबुचेका लागि उडेको नाइन एनएनजे कलसाइन भएको हेलिकोप्टर बिहान ७ बजेर १३ मिनेटमा दुर्घटना भएको हो ।

नागरिक उड्डयन प्राधिकरणका सुचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार यात्रु लिन गएको मनाङको हेलिकप्टर लोबुचेमा अवतरणका क्रममा दुर्घटना भएको हो।

दुर्घटनामा परी पाइलट प्रकाश कुमार सेढाइँ घाइते भएका छन्। उनलाई फिस्टेल एयर नाइनएन एजेआर कलसाइनको हेलिकप्टरले काठमाडौँ ल्याएको छ ।

उनलाई उपचारका लागि काठमाडौँस्थित ह्मास अस्पतालमा लगिएको र स्वास्थ्य अवस्था सामान्य रहेको सूचना अधिकारी भुलले जानकारी दिए।

हेलिकोप्टरमा पाइलट सेढाई मात्रै सवार रहेको सीमा प्रशासन कार्यालय नाम्चेका प्रमुख सुजन कुमारी बर्देवाले जानकारी दिए।

दुर्घटनाको कारण भने खुल्न सकेको छैन । यसबारे अनुसन्धान भइरहेको जनाइएको छ ।

प्रकाशित मिति : २७ आश्विन २०८०, शनिबार  ९ : ०१ बजे

निर्वाचन आचारसंहिता परिपालनामा गृहको कडाइ

काठमाडौं– गृह मन्त्रालयले आसन्न प्रतिनिधिसभा निर्वाचनपूर्व र निर्वाचनको अवधिमा हुनसक्ने

भाम बर्लिन फिल्म फेस्टिभलको जुरी सदस्य बनेपछि बोर्डको बधाई

काठमाडौं – बर्लिन फिल्म फेस्टिभल २०२६ को अन्तर्राष्ट्रिय जुरी प्यालनको

असुरक्षा भयो भन्दै सुदन गुरूङले मागे प्रहरी

गोरखा- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गोरखा जिल्ला समितिले प्रतिनिधिसभा सदस्य

कि संघीयता राख्नुभएन, कि पार्टीलाई ‘फेडेरलाइज’ गर्नुपर्‍यो

संवैधानिकतामा फर्किनका लागि निर्वाचन, त्यसभन्दा अरु बढी भन्ने अवस्था छैन,