ताप्लेजुङकाे लालीखर्कमा  किवी खेती फस्टाउँदै « Khabarhub

ताप्लेजुङकाे लालीखर्कमा  किवी खेती फस्टाउँदै


२७ आश्विन २०८०, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

ताप्लेजुङ– ताप्लेजुङको फुङ्लिङ नगरपालिका–११ लालीखर्क क्षेत्र एक पर्यटकीय क्षेत्र हो । विश्वको तेस्रो अग्लो कञ्चनजङ्घा हिमाल जाने पर्यटकले फुङ्लिङदेखि पहिलो क्यापहो लालीखर्क । विगतका वर्षहरुमा लालीखर्क क्षेत्र पर्यटकको भरिभराउ हुन्थ्यो । तर अहिले किवीको बोट झाँङ्गिएर लालीखर्क भरिभराउ भएको छ ।

सदरमुकाम फुङ्लिङ बजारदेखि सुकेटार विमानस्थल हुँदै लालीखर्क भएर सडक विस्तार भएसँगै लालीखर्क ओझेलमा पर्दै गयो । असोज, कात्तिक र मङ्सिरमा पर्यटकले खचाखच हुने लालीखर्क विस्तारै सुनसान बन्दै गयो । पर्यटकको राम्रो चहलपहल भएको समयमा यस क्षेत्रमा घर घडेरीसमेत किनबेच भएको थियो । धेरैले लालीखर्कमा घडेरी किनेर होटल सञ्चालन गरेका थिए ।

लालीखर्कको बिच भाग भएर अहिले सडक सिरिजङ्गा गाउँपालिकाको मामांखे पुगेको छ । यस पदमार्ग हुँदै जाने पर्यटक गाडीमा हुत्तिएर मामांखे पुग्न थालेका छन् । लालीखर्कका होटल व्यवसायी भने धुलो खाँदै बस्नुपर्ने समय आएपछि बसाइसराइ गर्न थालेका छन् ।

लालीखर्क क्षेत्रमा बसाइँसराइले घर खाली भएका छन् । विगतमा यहाँ १३  होटल सञ्चालनमा थिए । अहिले तीन परिवार मात्र बसोबास गर्दै आएका स्थानीय धनबहादुर विष्टले बताए । उनले भने, ‘लालीखर्क पहिला जस्तो छैन । सुनसान छ । मेरो परिवारका पनि सबैले घर छोडेर गइसकेका छन् । गाईबस्तुका कारण म यतै छु । किन्ने कोही आए बिक्री गरेर जाने सोच छ ।’

लालीखर्कमा पर्यटक आउजाउ शून्य भयो । होटल बन्द भए । छरछिमेक घर छोडेर बसाई सरेर गए । पर्यकको खचाखच हुने लालीखर्कका फाँटमा उराठ लाग्नथाल्यो । पर्यटकको क्याम्प क्षेत्र सुनसान भएसँगै केही होटल सञ्चालकले आफ्नो घर त्यतिकै छोडेर बसाइ सरेर गएका  छन् । घर भने त्यतिकै छ । घरमा होटलको साइनबोर्डसमेत देख्न सकिन्छ ।

स्थानीय युवा शुक्रराज लिम्बूले भने सुनसान भएको लालीखर्कका फाँटमा सम्भावनाको खोजी गर्न थाले । रित्तिएको बस्तीमा उजाड बनाउने सपनाका साथ वैकल्पिक सम्भावनाको खोजी गर्ने क्रममा किवी खेतीले लिम्बूको मन तान्यो । लिम्बूले किवी खेती विस्तार गर्न थाले । लालीखर्कका फाँटमा किवीको बोट झाँगिन थाल्यो । लिम्बूले सात रोपनी क्षेत्रफल जमिनमा किवी खेती विस्तार गरेका छन् ।

लिम्बूले लगाएको किवी बगानबाट पहिलो पटक फल्न थालेको हो । अहिले प्रत्येक बोटमा दुईदेखि चार किलोसम्मको फल रहेको लिम्बूले बताए । अर्को वर्ष भने राम्रो उत्पादन हुने सङ्केत देखिएको लिम्बूले बताए ।

किवी विस्तार गरेसँगै लिम्बू आफ्नो नाममा लालीखर्क कृषि फार्म दर्ता गरेका छन् । फार्मको उद्देश्य राम्रो भएकाले कृषि ज्ञान केन्द्र ताप्लेजुङले  पाँच लाख अनुदान दिएको कृषि ज्ञान केन्द्र ताप्लेजुङले जनाएको छ । अनुदानबाट किवीको फलामे थाङ्क्राको व्यवस्थापन गरेको लिम्बूले बताए ।

ताप्लेजुङसहित पूर्वका अधिकांश पहाडी तथा हिमाली जिल्लाका किसान किवीको राम्रो बजार देखेपछि यसप्रति आकर्षित भएका छन् ।

ताप्लेजुङमा अहिले धेरै किसानले व्यावसायिकरूपमा किवी खेती गर्न थालेका छन् । किसानले लगाएको खेतीबाट किवी उत्पादन हुन थालेसँगै बजारमा  माग निरन्तर बढ्दै गएको छ । 

प्रकाशित मिति : २७ आश्विन २०८०, शनिबार  ९ : ५१ बजे

राम्जाको गाउँदेखि काठमाडौँसम्म : सपनाको यात्रा तय गर्दै गायिका दीपिका पौडेल

‘तिमी राम्रो गाउँछौ, नाच्न पनि जान्दछौ।’यो एउटा सामान्य वाक्य जस्तो

४० वर्षदेखिको उद्योग बक्यौता उठ्न थाल्यो, ५१ करोडभन्दा बढी असुल

काठमाडौँ – उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवको निर्देशनपछि ४०

रोल्पाको थबाङमा पहिरो: तीन जनाको मृत्यु, दुई घाइते र नाै जना बेपत्ता

रोल्पा – रोल्पाको थबाङ गाउँपालिका–५ कोटलबारामा अविरल वर्षासँगै आएको पहिरोले

सुर्खेतमा ४४ हजार ५०० सिलिन्डर ग्यास वितरण

कर्णाली– कर्णाली प्रदेशको राजधानी सुर्खेतमा खाना पकाउने एलपी ग्यासका ४४

‘युवा पुस्ताले चाहेको परिवर्तन प्रविधि, उद्यमशीलता र अवसर हो’

चितवन– चितवनका युवाले उद्यमशीलतालाई राजनीतिसँग जोड्नुपर्नेमा जोड दिएका छन् ।