विकास-निर्माणका काममा राजनीति गर्नु हुँदैन : अध्यक्ष तिमिल्सिना | Khabarhub Khabarhub

विकास-निर्माणका काममा राजनीति गर्नु हुँदैन : अध्यक्ष तिमिल्सिना


२७ आश्विन २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

पर्वत– राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले विकास निर्माणका काममा राजनीतिकरण गर्न नहुने बताएका छन् ।

पर्वतको मोदी गाउँपालिका–२ देउपुरमा आज बिहान आयोजित एक श्रद्धाञ्जलीसभामा तीनवटै तहका सरकारबीच समन्वय र सहकार्य हुन सकेमामात्र समृद्ध मुलुक बन्न सक्ने बताए । 

मुलुकमा आएको राजनीतिक परिवर्तनपश्चात् विकास निर्माणका कामले जुन गतिमा अघि बढ्नुपर्ने त्यसअनुरूप हुन नसकेको बताउँदै समृद्धिका लागि राजनीतिभन्दा विकास निर्माणमा प्रतिस्पर्धा हुनुपर्नेमा जोड दिए।

अध्यक्ष तिमिल्सिनाले जिल्लाका सातवटै पालिकाका सडक कालोपत्र गरिएका बताउँदै आफ्नो कार्यकालसम्म ६१ वटै वडाका सडक पिच गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले पछिल्लो समय विकास निर्माणका कार्य गर्दा विनाससमेत निम्त्याइएकाले दिगो एवं फलदायी पूर्वाधार निर्माण आजको आवश्यकता भएको बताए ।  

प्रकाशित मिति : २७ आश्विन २०८०, शनिबार  १२ : ३७ बजे

भारतविरुद्ध इंग्ल्यान्डको रोमाञ्चक जित, सिरिजमा २–१ को अग्रता

लन्डन– भारतविरुद्धको टेस्ट सिरिजमा इंग्ल्यान्डले दोस्रो जित निकालेको छ ।

पाकिस्तानमा मनसुनको प्रकोपः १११ जनाको मृत्यु, थप वर्षाको चेतावनी

इस्लामाबाद – पाकिस्तानमा जून अन्त्यदेखि सुरु भएको मनसुन वर्षाले अहिलेसम्म

बबई नदीमा नुहाउने क्रममा बेपत्ता भएका दुई जनाको शव भेटियो

दाङ – बबई नदीमा नुहाउने क्रममा आज दिउँसो डुबेर बेपत्ता

माडीमा रेबिजको सङ्क्रमण बढ्दो

चितवन – चितवन को माडी नगरपालिकामा रेबिजको सङ्क्रमण बढेको छ

बीमा प्राधिकरणका अध्यक्ष ओझा निलम्बित, छानबिन गर्न समिति गठन

काठमाडौं – बिमा प्राधिकरणका अध्यक्ष शरद ओझा पदबाट निलम्बित भएका