घुम्ती शिविरमार्फत गाउँगाउँमा सेवा | Khabarhub Khabarhub

घुम्ती शिविरमार्फत गाउँगाउँमा सेवा


२७ आश्विन २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ढोरपाटन– बागलुङको काठेखोला गाउँपालिकाले गाउँगाउँमै पुगेर नागरिकलाई सेवा दिन थालेको छ । गाउँपालिकाले घुम्ती शिविरमार्फत योजना सम्झौता, अपाङ्गता परिचयपत्र वितरण र ज्येष्ठ नागरिक परिचयपत्र वितरण गरिरहेको छ । 

शिविरमा नसर्ने रोगको निःशुल्क स्वास्थ्य परीक्षण, आयुर्वेद स्वास्थ्य सेवा, कृषि एवं पशु सेवा, वैदेशिक रोजगार बोर्डबाट प्रदान गरिने सेवामा सहजीकरणसमेत गरिरहेको गाउँपालिकाका अध्यक्ष राजु थापाले जानकारी दिए ।

गाउँपालिकाले आठवटै वडामा पुगी घुम्ती शिविरमार्फत नागरिकलाई सेवा प्रदान गर्न थालिएको अध्यक्ष थापाको भनाइ छ । हालसम्म वडा नं १ देखि ४ सम्ममा शिविर सञ्चालन गर्दा पालिकाले चालू आर्थिक वर्षका विभिन्न ७० योजना सम्झौता गरिसकेको उनले बताए । नागरिकलाई सहज सेवा र योजना कार्यान्वयनलाई प्रभावकारी बनाउनका लागि गाउँगाउँमा पुगेर शिविर सञ्चालन गरेको अध्यक्ष थापा बताउँछन् ।

‘यसपाली हामीहरु दूरदराजसम्म पुगेर नागरिकलाई सहज सेवा दिउँ भन्ने हिसाबले लागेका छौँ, घुम्ती शिविरमा जनप्रतिनिधि मात्रै हुनुहुन्न, त्यहाँ कर्मचारी, स्वास्थ्यकर्मी, पशु तथा कृषि प्राविधिक पनि हुनुहुन्छ, गाउँघरमा हुने समस्या सोही स्थानबाटै समाधान गरौँ भन्ने लागेको छ’, अध्यक्ष थापाले भने, ‘हाम्रो मुख्य उद्देश्य दसैँअगावै योजना सम्झौता गरिसक्ने हो, समयमै सम्झौता भयो भने समयमै योजना कार्यान्वयन गर्न पनि सघाउ  पुर्‍याउँछ, यसले गुणस्तरीय काममा पनि सघाउ पुग्नेछ ।’

वडा नं १ पालादेखि सुरु गरिएको शिविर वडा नं ८ लेखानीमा पुगेर सकिने उनको भनाइ छ । योजनाको प्रभावकारी कार्यान्वयन गराउने, पालिकाद्वारा हुने सेवा वडाबाटै उपलब्ध गराउने, सेवामा नागरिकको प्रभावकारी पहुँच बढाउने उद्देश्यका साथ एकीकृत घुम्ती शिविर गरिएको थापाले बताए । 

हालसम्म शिविरमा सात सय ६२ जनाको स्वास्थ्य परीक्षण, आठ सय ८४ जनालाई ज्येष्ठ नागरिक परिचयपत्र, २१ जनालाई अपाङ्गता परिचयपत्र, दुई सय ७९ जनालाई आयुर्वेद सेवा, चार सय ९१ जनालाई कृषि तथा पशु सेवा र पाँच जनालाई रोजगार सेवा उपलब्ध गराइएको पालिकाले जनाएको छ ।

प्रकाशित मिति : २७ आश्विन २०८०, शनिबार  ३ : ४४ बजे

भारतविरुद्ध इंग्ल्यान्डको रोमाञ्चक जित, सिरिजमा २–१ को अग्रता

लन्डन– भारतविरुद्धको टेस्ट सिरिजमा इंग्ल्यान्डले दोस्रो जित निकालेको छ ।

पाकिस्तानमा मनसुनको प्रकोपः १११ जनाको मृत्यु, थप वर्षाको चेतावनी

इस्लामाबाद – पाकिस्तानमा जून अन्त्यदेखि सुरु भएको मनसुन वर्षाले अहिलेसम्म

बबई नदीमा नुहाउने क्रममा बेपत्ता भएका दुई जनाको शव भेटियो

दाङ – बबई नदीमा नुहाउने क्रममा आज दिउँसो डुबेर बेपत्ता

माडीमा रेबिजको सङ्क्रमण बढ्दो

चितवन – चितवन को माडी नगरपालिकामा रेबिजको सङ्क्रमण बढेको छ

बीमा प्राधिकरणका अध्यक्ष ओझा निलम्बित, छानबिन गर्न समिति गठन

काठमाडौं – बिमा प्राधिकरणका अध्यक्ष शरद ओझा पदबाट निलम्बित भएका