एक नेपालीलाई उद्धार गरी स्वदेश पठायो | Khabarhub Khabarhub

एक नेपालीलाई उद्धार गरी स्वदेश पठायो


२७ आश्विन २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.4k
Shares
  • change font
  • change font
  • change font

दोहा– गैरआवासीय नेपाली संघ (एनआरएनए) यूएईले एक नेपालीलाई उद्धार गरी स्वदेश फर्काएको छ । सुनसरी ३ बराहक्षेत्रका अनिल बिकलाई उद्धार गरी स्वदेश फर्काएको हो ।

बिक रोजगारीको सिलसिलामा युएईमा आई काम गर्ने क्रममा कम्पनीले समयमा तलब नदिने काम मात्र लगाउने र बस्नखानको समस्या समेत परेर ६ महिना देखि अलपत्र अवस्थामा रहेका थिए ।

केही समय पहिले देखि खाने बस्ने ब्यवस्था को लागि गणेश ढुङ्गानाले गरिदिँदै आएको, त्यस पश्चात उनलाई नेपाल पठाउने व्यवस्था स्वरुप आउटपास र हवाइ टिकट लागि एनआरएनए युएईले ब्यबस्था गरेपछि स्वदेश फर्काउन सफल भएको एनआरएनए उपाध्यक्ष तथा राहत उद्वार संयोजक भिम मल्ल ठकुरीले जानकारी दिए ।

उनलाई संस्थाका उपाध्यक्ष तथा राहत उद्वार संयोजक ठकुरीले विमानस्थलसम्म पुर्‍याए र उनी शनिबार बिहान हिमालय एयरलाइन्स मार्फत स्वदेश फर्किएको एनआरएनए युएई प्रवक्ता रुद्र थापाले बताए । 

पछिल्लो समय एनआरएनए यूएईको निर्वाचनबाट नयाँ टिम निर्वाचित भएर आएसँगै राहत तथा उद्धार समितिले आपतमा परेका नेपालीहरूलाई उद्धार गरी नेपाल फर्काउने कार्यलाई तीव्रता दिएको छ ।

यूएईमा गैरकानुनी रुपमा विभिन्न दलाल मार्फत भिजिट भिसामा जाने र त्यहाँ दलालले भने अनुसारको काम र तलब नपाउने तथा कतिपय नेपालीहरू त जाने बित्तिकै विमानस्थलमै अलपत्र पर्ने गरेका छन् ।

एनआरएनएले अनधिकृत रुपमा यूएई नआउन र आउनै परे नेपालबाट श्रम स्वीकृति लिएर वैधानिक तरिकाले मात्रै आउन अनुरोध गरेको छ ।

प्रकाशित मिति : २७ आश्विन २०८०, शनिबार  ६ : ०२ बजे

भारतविरुद्ध इंग्ल्यान्डको रोमाञ्चक जित, सिरिजमा २–१ को अग्रता

लन्डन– भारतविरुद्धको टेस्ट सिरिजमा इंग्ल्यान्डले दोस्रो जित निकालेको छ ।

पाकिस्तानमा मनसुनको प्रकोपः १११ जनाको मृत्यु, थप वर्षाको चेतावनी

इस्लामाबाद – पाकिस्तानमा जून अन्त्यदेखि सुरु भएको मनसुन वर्षाले अहिलेसम्म

बबई नदीमा नुहाउने क्रममा बेपत्ता भएका दुई जनाको शव भेटियो

दाङ – बबई नदीमा नुहाउने क्रममा आज दिउँसो डुबेर बेपत्ता

माडीमा रेबिजको सङ्क्रमण बढ्दो

चितवन – चितवन को माडी नगरपालिकामा रेबिजको सङ्क्रमण बढेको छ

बीमा प्राधिकरणका अध्यक्ष ओझा निलम्बित, छानबिन गर्न समिति गठन

काठमाडौं – बिमा प्राधिकरणका अध्यक्ष शरद ओझा पदबाट निलम्बित भएका