फार्मबाट फूल बिक्री भएन | Khabarhub Khabarhub

फार्मबाट फूल बिक्री भएन


२८ कार्तिक २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

गल्याङ– स्याङ्जाको गल्याङ तथा वालिङ बजारमा सयपत्री फूल तथा माला घरघरमा पुगेर बिक्री गर्न थालिएको छ । उत्पादन गरिएकै ठाउँबाट फूल बिक्री नभएपछि टोल टोलमा पुगेर फूल तथा माला बिक्री गर्न थालिएको हो । 

तिहारको समयमा धेरै बिक्री हुने सयपत्री फूलको माग बढेपछि व्यावसायिक रुपमा फूलखेती गर्ने बढेका छन् । तर उत्पादन भएको फूल समयमै बिक्री नभएपछि उत्पादक टोल टोलमा सवारीसाधन लिएर फूल बिक्रीमा निस्किएका हुन् ।

गल्याङ नगरपालिका तीन छर्तिमा मौलाकालिका कृषि तथा पशुपालन फार्म मार्फत व्यावसायिक सयपत्रीको फूलखेती गर्दै आएका चन्द्रबहादुर राना ‘चित्र’ ले बेमौसमीरुपमा उत्पादन भएका फूल फार्मबाटै बिक्री गर्छन् । तर ठूलो परिमाणमा फूल उत्पादन गरेका उनको फार्मबाट खासै बिक्री नभएपछि टोलटालमै पुगेर फूल बिक्री गरेका छन् । उनले गल्याङ बजारका विभिन्न टोलका घरघर, पसल पसलमा फूल लगेर बिक्री गर्ने गरेको जानकारी दिए ।

‘बेमौसमी फूलको माग धान्न मलाई मुस्किल हुन्थ्यो, यसपालि तिहार लक्षित धेरै नै फूल लगाएकाले र यहाँका धेरै कृषकले फूल उत्पादन गरेकाले फार्मबाट सयपत्री कम बिक्री भयो’, उनले भने, ‘तयार भएका फूल बिग्रेला कि भनेर टोलटोलमा पुगेर फुटल बिक्री गर्ने गरेको छु ।’ उनले गल्याङ बजारका सात भन्दा वढी पसललाई फूल बिक्री गर्न दिएको छ भने गल्याङ बजारको गराङ्दीचोकमा सयपत्री फूलको मात्रै पसल राखेका छन् ।

गल्याङ –२ रैबारमा रहेको जगत्रदेवी बिरुवा उत्पादन तथा बिक्री केन्द्रका सञ्चालक प्रदीप पाण्डेले समयमै उत्पादित फूल बिक्री गर्नका लागि टोलटोलमा पुगेको बताए। ‘उपभोक्ताको सहजताका लागि पनि टोलटोलमा पुगेर फूल बिक्री गरेको हुु’, उनले भने, ‘फार्ममा पनि प्रसस्त फूल रहेकाले थप बिक्रीका लागि टोलमा नै आउनुपरेको हो ।’

यस्तै गल्याङ–११ का कृषक रुमलाल कँडेलले पनि आफ्नो सवारी साधनमा राखेर टोलटोलमा पुगेर फूल बिक्री गर्दै आएका छन् । उनले माग भएका व्यक्ति तथा पसलमा पुगेर फूल बिक्री गरेको बताए। ‘फार्ममा जान उपभोक्तालाई असहज भयो’, उनले भने, ‘टोलटोलमा पुगेपछि माग गरेका र देखेका अरु ग्राहकलाई फूल बिक्री गर्न सहज भएको छ ।’

वालिङमा पनि वालिङ कर्मचारी बचत तथा ऋण सहकारी संस्थाले उत्पादन गरेको सयपत्री फूल बिक्री गर्नका लागि सवारी साधनमा फूल राखेर घरघरमा पुगिएको छ । सहकारीका अध्यक्ष दीपेन्द्र गैह्रेले आफ्नै ठाउँको उत्पादनलाई रोज्नका लागि उपभोक्तालाई आग्रह गरे।  ‘यहाँ उत्पादन गरिएको फूल गुणस्तरीय छ’, उनले भने, ‘संस्थाको कार्यालयमा पनि फूल राखिएको छ, उनले उपभोक्ताको सहजताको लागि टोलमा पनि पुगेर फूल बिक्री गरिएको हो ।’

गल्याङ, वालिङ र मिर्मीका बजारका व्यापारीले यसपालि कृतिम फूलभन्दा सयपत्री फूल पसलमा राख्ने गरेका छन् । यद्यपि स्थानीय व्यवसायीले पर्याप्त फूल उत्पादन गरेपनि बाहिरबाट आउने प्लास्टिकका फूल पनि बजारमा देखिएको छ । फूल व्यवसायीले स्थानीय प्रशासनले प्लास्टिकका फूल बिक्री गर्न नरोक्दा आफूहरू समस्यामा परेको बताएका छन् ।

प्रकाशित मिति : २८ कार्तिक २०८०, मंगलबार  ११ : २८ बजे

केही कानुन संशोधन गर्न सरकारले ल्याएको अध्यादेशमा के छ ?

काठमाडाैं – सरकारले सार्वजनिक सेवा सहजीकरण गर्न भन्दै केही कानुनहरू

सरकारले ल्यायो केही कानुन संशोधन गर्न अध्यादेश

काठमाडौं – सार्वजनिक सेवा सहजीकरण गर्न भन्दै केही कानुनहरू संशोधन

पुल भाँचिदा अवरुद्ध राजमार्ग ‘डाइभर्सन’ गरी सञ्चालनमा

नवलपरासी । पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल खण्डमा पर्ने विनयी खोलाको पुल

परिमार्जित श्रीस्वस्थानी व्रतकथा पुस्तक सार्वजनिक

काठमाडौं – पौष शुक्ल पूर्णिमा नजिकिएसँगै वैदिक सनातन हिन्दू धर्मावलम्बी

बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी

काठमाडौं – बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी छ । बैठक नियमित