पोखरा महानगरपालिकाले बिक्री नभएका फूलको प्रतिमाला २० रुपैयाँ दिने | Khabarhub Khabarhub

पोखरा महानगरपालिकाले बिक्री नभएका फूलको प्रतिमाला २० रुपैयाँ दिने


२८ कार्तिक २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

गण्डकी – पोखरा महानगरपालिकाको स्थानीय उत्पादन प्रवर्द्धन कार्यक्रमअन्तर्गत यही कात्तिक २५ देखि २८ गतेसम्म श्री कम्प्लेक्स परिसरमा सञ्चालित फूलमेला तथा प्रदर्शनीमा नबिकेका फूलमालाका लागि प्रोत्साहनस्वरुप रु २० प्रदान गरिने भएको छ ।

प्रदर्शनीमा मागभन्दा बढी आपूर्तिका साथै बाह्रय क्षेत्रबाट पनि फूल आएको र विगतको तुलनामा माग कम हुँदा अपेक्षितरूपमा फूलमाला बिक्री नभएका कारण किसानलाई प्रोत्साहनस्वरुप पोखरा महानगरपालिकाका तर्फबाट प्रतिमाला रु २० का दरले प्रदान गर्ने निर्णय गरिएको पोखरा महानगरपालिका कृषि महाशाखा प्रमुख मनोहर कडरियाले राससलाई जानकारी दिए ।

“किसानलाई प्रदर्शनीमा ल्याइसकेको फूलमाला नबिकेका कारण प्रोत्साहनस्वरुप प्रतिमाला रु २० का दरले रु एक लाख ३० हजार उपलब्ध गराउने निर्णय भएको हो ।”

प्रकाशित मिति : २८ कार्तिक २०८०, मंगलबार  ९ : २७ बजे

आजको मौसम सामान्यतया सफा रहने

काठमाडौँ– जल तथा मौसम विज्ञान विभागले हाल देशमा पश्चिमी वायुको

आइतबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आज (मंसिर १७ गते) आइतबारका

आइतबार सूर्य देवको पूजा गर्नुहोस् (विधिसहित)

काठमाडौं- हिन्दूधर्मशास्त्र अनुसार हरेक दिन वा बार कुनै न कुनै

आज २०८० साल मंसिर १७ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८० साल मंसिर १७ गते आइतबार। ज्योतिष

राजतन्त्रको पक्षमा निस्केको आवाजबाट सर्तक हुनुपर्छ : महामन्त्री शर्मा

लुम्बिनी – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अहिलेको अवस्थामा राजतन्त्रको